लोकतान्त्रिक मूल्यहरूको संरक्षण सार्वजनिक सेवा प्रसारणको प्रमुख दायित्व हो -उपराष्ट्रपति

लोकतान्त्रिक मूल्यहरूको संरक्षण सार्वजनिक सेवा प्रसारणको प्रमुख दायित्व हो -उपराष्ट्रपति

काठमाडौँ- उपराष्ट्रपति रामसहाय प्रसाद यादवले सार्वजनिक सेवा प्रसारण- नेपाल टेलिभिजनले राष्ट्र र जनतालाई केन्द्रमा राखी राष्ट्रिय एकता, समृद्धि र विपत्तिमा नागरिकको जीवन रक्षा गर्ने तीन आधारभूत स्तम्भलाई आत्मसात गर्नु प्रशंसनीय रहेको धारणा राख्नु भएको छ ।

नेपाल टेलिभिजनले ४१ वर्ष पूरा गरेको अवसरमा सनिवार नेपाल टेलिभिजनमा आयोजित समारोहलाई सम्बोधन गर्नुहुँदै उपराष्ट्रपति यादवले श्रव्य–दृश्य पत्रकारितामा नेपाल टेलिभिजनको भूमिका  महत्त्वपूर्ण रहेको बताउनु भयो ।

यस्तो छ उपराष्ट्रपति सम्बोधनको पूर्ण पाठ 

नेपालको पहिलो टेलिभिजन प्रसारण संस्था ‘नेपाल टेलिभिजन’ले ४१ वर्ष पूरा गरेको यस ऐतिहासिक अवसरमा सम्पूर्ण पदाधिकारी, कर्मचारी तथा दर्शक–श्रोतालाई हार्दिक बधाई र शुभकामना व्यक्त गर्दछु । चार दशकभन्दा बढी समयदेखि राष्ट्र र जनताको आवाजलाई श्रव्य–दृश्य माध्यममार्फत प्रसारित गर्दै आएको यस संस्थाले पत्रकारितामा अग्रणी भूमिका निर्वाह गर्दै आएको छ ।

राष्ट्रिय प्रसारण ऐन, २०८१ जारी भएपछि रेडियो नेपाल र नेपाल टेलिभिजन सार्वजनिक सेवा प्रसारणमा रुपान्तरण भई सञ्चालन हुनु सकारात्मक कदम हो । यस संस्थाले राष्ट्र र जनतालाई केन्द्रमा राखी राष्ट्रिय एकता, समृद्धि र विपत्तिमा नागरिकको जीवन रक्षा गर्ने तीन आधारभूत स्तम्भलाई आत्मसात गर्नु प्रशंसनीय छ । यस दृष्टिकोणले सरकारी सञ्चार माध्यमलाई अझ जिम्मेवार, पारदर्शी र जनमुखी बनाएको विश्वास लिएको छु ।

यसै वर्ष दुई प्रादेशिक च्यानलसहित पाँच वटा टेलिभिजन च्यानल सञ्चालन गर्दै आएको नेपाल टेलिभिजनले अंग्रेजी भाषामा ‘एनटीभी वल्र्ड’ सुरु गरेकोमा खुशी व्यक्त गर्दछु । यस च्यानलले नेपाल टेलिभिजनको आवाजलाई विश्वभर पुर्याउने महत्वपूर्ण प्लेटफर्मको रूपमा योगदान पुर्याउन सकोस् । सार्वजनिक सेवा प्रसारणको अवधारणाले सञ्चारलाई सूचनाको साधन मात्र नभई नागरिक अधिकार, अभिव्यक्ति स्वतन्त्रता र सामाजिक रुपान्तरणको माध्यम बनाएको छ ।

आजको यस डिजिटल युगमा विषयवस्तु, पहुँच, प्रस्तुति र प्रविधिलाई निरन्तर विस्तार गर्नु अपरिहार्य छ । नयाँ प्रविधि, डिजिटल प्लेटफर्म र बढ्दो जनअपेक्षालाई आत्मसात गर्दै प्रसारण सामग्रीको गुणस्तर र प्रभावकारिता बढाउनु आवश्यक छ । परम्परागत रेडियो वा टेलिभिजनमा सीमित नभई डिजिटल माध्यममार्फत जनतासम्म पुग्नु आजको चुनौती मात्र होइन, नयाँ पुस्तासम्म राष्ट्रको आवाज पुर्याउने अवसर पनि हो ।

सरकारी सञ्चार माध्यमहरूको प्रमुख दायित्व राष्ट्रको आवाजलाई सशक्त बनाउने, नागरिकलाई जानकारीमूलक, शैक्षिक तथा प्रेरणादायी सामग्री उपलब्ध गराउने र लोकतान्त्रिक मूल्यहरूको संरक्षण गर्ने हो। सत्य, निष्पक्षता, जिम्मेवारी र जवाफदेहितासहित जनतालाई सेवा पुर्याउनु नै यसको मूल कर्तव्य पनि हो । नेपाल टेलिभिजन र रेडियो नेपालले राष्ट्रिय एकता, सामाजिक सद्भाव, सांस्कृतिक विविधता र लोकतान्त्रिक मूल्यहरूको प्रवद्र्धनमा निरन्तर योगदान दिँदै आएकोमा गर्व लागेको छ।

यस अवसरमा, म सम्पूर्ण पदाधिकारी, कर्मचारी तथा दर्शक–श्रोतालाई आग्रह गर्न चाहन्छु– हामी सबै मिलेर सार्वजनिक सेवा प्रसारणलाई अझ सबल, प्रभावकारी र जनमुखी बनाउन योगदान गरौं । राष्ट्रको आवाजलाई विश्वभर पुर्याउने, नागरिकलाई सशक्त बनाउने र समृद्ध नेपाल निर्माणमा सहायक बन्ने हाम्रो सामूहिक जिम्मेवारी हो । सबैले आ–आफ्नो क्षेत्रबाट यो जिम्मेवारी पुरा गरौं ।

पत्रकारिता लोकतन्त्रको मेरुदण्ड हो । यसले समाजमा सत्य, तथ्य, निष्पक्षता र जनताको आवाजलाई उजागर गर्ने जिम्मेवारी निर्वाह गर्दछ । पत्रकारितामा समावेशिता, समान अवसर र सबैको आवाजको प्रतिनिधित्व हुनु लोकतान्त्रिक मूल्य र सामाजिक न्यायको आधारभूत शर्त हुन । कुनै पनि समुदाय वा नागरिकको आवाज उपेक्षित हुनु लोकतन्त्रको आत्मालाई कमजोर बनाउने कार्य हो । त्यसैले पत्रकारिता सबै वर्ग, भाषा, संस्कृति र भौगोलिक क्षेत्रलाई समान अवसरसहित प्रतिनिधित्व गर्ने माध्यम बन्नुपर्छ ।

विशेषगरी, सरकारी सञ्चार माध्यमहरूको भूमिका अझ महत्वपूर्ण हुन्छ । नेपाल टेलिभिजन र रेडियो नेपालले राष्ट्रको आधिकारिक आवाजलाई जनतासम्म पु¥याउने जिम्मेवारी निर्वाह गर्नुपर्छ । तथ्यपरकता, निष्पक्षता र विश्वसनीयता कायम गर्दै सबै समुदायलाई समान अवसर प्रदान गर्नु यसको दायित्व हो । नागरिकका समस्या, आकांक्षा र उपलब्धिलाई प्राथमिकतामा राख्दै जनताको आवाज बन्नु आवश्यक छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा प्रत्येक मतदाताले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा मतदान गर्न पाउने सुनिश्चितता संघीय लोकतान्त्रिक गणतन्त्रको मूल आधार हो । यसका लागि सञ्चार माध्यमहरूको भूमिका अत्यन्तै महत्वपूर्ण छ । निर्वाचनसम्बन्धी सही सूचना प्रवाह, मतदाताको सचेतना अभिवृद्धि तथा शान्तिपूर्ण वातावरण निर्माणमा सञ्चार माध्यमले जिम्मेवारीपूर्वक योगदान गर्नुपर्छ ।

यस अवसरमा, म सम्पूर्ण सञ्चारकर्मीलाई आग्रह गर्दछु– पत्रकारितालाई लोकतन्त्रको आधारस्तम्भ बनाउँदै समावेशिता, समान अवसर र सबैको आवाजलाई प्रतिनिधित्व गर्ने जिम्मेवारी दृढतापूर्वक निर्वाह गरौं । सत्य, निष्पक्षता र जनमुखी दृष्टिकोणलाई आत्मसात गर्दै राष्ट्रनिर्माणमा मार्गदर्शक भूमिका निर्वाह गरौं ।

अन्त्यमा, ४१औं वार्षिकोत्सवको विशेष समारोहमा सम्मानित व्यक्तित्वहरूलाई हार्दिक बधाई तथा उहाँहरूको सुख, शान्ति, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्दछु । नेपाल टेलिभिजनको ४१औं वार्षिकोत्सवले विगतको गौरवलाई सम्झाउँदै भविष्यतर्फ दृढ संकल्पसहित अघि बढ्न प्रेरणा प्रदान गरोस्, पुनः हार्दिक शुभकामना छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

समानुपातिकतर्फ ५१ दलले कटाएनन् ‘थ्रेस होल्ड’

समानुपातिकतर्फ ५१ दलले कटाएनन् ‘थ्रेस होल्ड’

यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

नेप्से परिसूचक एक दशमलव ६४ प्रतिशतले घट्यो, कारोवार रकममा समेत गिरावट

नेप्से परिसूचक एक दशमलव ६४ प्रतिशतले घट्यो, कारोवार रकममा समेत गिरावट

कास्कीको रुपा गाउँपालिकामा एक लाख लिटर मह उत्पादन

कास्कीको रुपा गाउँपालिकामा एक लाख लिटर मह उत्पादन

निर्वाचनपश्चात् संविधानले सही बाटो समातेको छ : गृहमन्त्री

निर्वाचनपश्चात् संविधानले सही बाटो समातेको छ : गृहमन्त्री

मध्यपूर्व युद्ध र नेपालमा पर्नसक्ने आर्थिक प्रभाव

मध्यपूर्व युद्ध र नेपालमा पर्नसक्ने आर्थिक प्रभाव

रास्वपा सभापति लामिछानेविरुद्धको मुद्दामा पूर्ण सुनुवाइ हुने

रास्वपा सभापति लामिछानेविरुद्धको मुद्दामा पूर्ण सुनुवाइ हुने