रौतहटसहित तराई-मधेशका जिल्लामा बाक्लो हुस्सु, जनजीवन प्रभावित 

रौतहटसहित तराई-मधेशका जिल्लामा बाक्लो हुस्सु, जनजीवन प्रभावित 

रौतहटः तराई मधेशका रौतहटसहितका जिल्लामा बाक्लो हुस्सु, कुहिरोका कारण जनजीवन पूर्ण रूपमा प्रभावित भएको छ।
पछिल्ला दुई दिनदेखि रौतहटमा बिहान र बेलुका बाक्लो मात्रामा हुस्सु लाग्ने गरेको छ। हुस्सुका कारण दृश्यता अत्यन्तै कम हुँदा सवारी साधन सञ्चालन गर्न कठिनाइ भइरहेको छ।
मुख्य तथा सहायक सडकहरूमा सवारी साधनको आवागमन प्रभावित भएको छ भने पैदल हिँडडुल गर्नसमेत समस्या भइरहेको स्थानीयले बताएका छन्।

हुस्सुका कारण सडक दुर्घटनाको जोखिम बढेको छ । विशेषगरी बिहान सबेरै र साँझपख सवारी साधन चलाउँदा अगाडिको दृश्य स्पष्ट नदेखिने अवस्था सिर्जना भएको छ। मोटरसाइकल, साइकल तथा पैदलयात्रीहरू बढी जोखिममा परेका छन् ।

यस्तै, चिसो बढेसँगै सर्वसाधारणको दैनिकी पनि प्रभावित भएको छ। बिहानपख विद्यालय जाने विद्यार्थी, कामकाजका लागि निस्कने मजदुर तथा यात्रुहरूलाई बढी समस्या भइरहेको छ । कतिपय स्थानमा चिसो र हुस्सुकै कारण समयमै गन्तव्यमा पुग्न नसक्ने अवस्था देखिएको छ ।

सम्बन्धित निकायले हुस्सु लागेको समयमा सवारी साधन चलाउँदा अत्यधिक सावधानी अपनाउन आग्रह गरेका छन्। सवारी चलाउँदा बत्ती बाल्ने, गति नियन्त्रणमा राख्ने, सुरक्षित दूरी कायम गर्ने र आवश्यक परे हर्न प्रयोग गर्ने जस्ता सावधानी अपनाउन चालकलाई सुझाव दिइएको छ ।

हुस्सुका कारण हुने सम्भावित दुर्घटना न्यूनीकरणका लागि सबै सवारी चालक तथा पैदलयात्रीलाई सजग र सचेत भई आवागमन गर्न आग्रह गरिएको छ।

Source link

संबधित खबर

धेरै पढ़िएको

सुकुमवासी समस्याको दीर्घकालीन समाधानका लागि सरकार गम्भीर छः गृहमन्त्री

सुकुमवासी समस्याको दीर्घकालीन समाधानका लागि सरकार गम्भीर छः गृहमन्त्री

मनसुनजन्य रोगको रोकथामका लागि ‘प्रतिकार्य अभियान’

मनसुनजन्य रोगको रोकथामका लागि ‘प्रतिकार्य अभियान’

अर्घाखाँचीमा मुहान संरक्षण गर्न १५ वटा रिचार्ज पोखरी निर्माण

अर्घाखाँचीमा मुहान संरक्षण गर्न १५ वटा रिचार्ज पोखरी निर्माण

सिरहामा पशु हाटबजार परिसरको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पशु हाटबजार परिसरको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सरकार–काठमाडौं महानगर र पीडित पक्षबीच ९ बुँदे सहमति

सरकार–काठमाडौं महानगर र पीडित पक्षबीच ९ बुँदे सहमति

गृहमन्त्रीसहित मन्त्रीहरू होल्डिङ सेन्टरको अवलोकनमा

गृहमन्त्रीसहित मन्त्रीहरू होल्डिङ सेन्टरको अवलोकनमा

पर्यटन मन्त्री पौडेलद्वारा मुक्तिनाथ मन्दिर क्षेत्रको अनुगमन, धार्मिक पर्यटन विकासका सम्भावनाबारे अध्ययन

पर्यटन मन्त्री पौडेलद्वारा मुक्तिनाथ मन्दिर क्षेत्रको अनुगमन, धार्मिक पर्यटन विकासका सम्भावनाबारे अध्ययन