नेपाल टेलिभिजन आजदेखि ४२औं वर्षमा प्रवेश

नेपाल टेलिभिजन आजदेखि ४२औं वर्षमा प्रवेश

नेपालको टेलिभिजन प्रसारण क्षेत्रमा पहिलो र अग्रणी नेपाल टेलिभिजन ४२ औं वर्षमा प्रवेश गर्दै छ । २०४१ साल माघ १७ गते स्थापना भएको नेपाल टेलिभिजन समयसंगै प्रविधि र प्रवृत्तिमा आएका परिवर्तन अनुरुप परिस्कृत हुदै अघि बढिरहेको छ । राज्य सञ्चालित टेलिभिजनबाट सार्वजनिक सेवा प्रसारणमा रुपान्तरण भएको नेपाल टेलिभिजनले वार्षिकोत्सवको अवसरमा राज्यप्रतिको दायित्वसंगै नागरिकप्रतिको जिम्मेवारी र जवाफदेहितालाई पुरा गर्दै अघि बढ्ने सङ्कल्प दोहोर्‍याएको छ ।

सञ्चारको संप्रेषणबाटै विकासको लक्ष्य हासिल गर्ने उद्देश्य लिएर स्थापना भएको नेपाल टेलिभिजनले प्रसारणको ४१ वर्षमा आम नागरिकको अपेक्षा पुरा गर्दै उच्च नैतिक जिम्मेवारी र व्यवसायिक कुशलतासहित आफ्ना समाचार र कार्यक्रमहरु प्रसारण गर्दै आईरहेको छ । २०४१ माघ १७ गते परियोजनाका रुपमा स्थापना भए लगत्तैदेखि राष्ट्रिय प्रशारण संस्थाका रुपमा राज्य र नागरिकबिच सेतुको भूमिका निर्वाह गर्दै आइरहेको नेपाल टेलिभिजनले आफ्नो प्रसारणको चार दशकको इतिहासमा विश्वव्यापी पहुँचका ५ वटा च्यानलसंगै यसै वर्षबाट बेग्लै अंग्रेजी च्यानल एनटिभी वर्ल्ड पनि सञ्चालनमा ल्याएको छ ।

बहुलता र विविधतालाई आत्मसात् गर्दै प्रसारण भइरहेका यी ६ वटै च्यानलहरुले नेपाली जनजीवन, भाषा संस्कृति र परम्परालाई जिवन्त मात्र बनाइरहेका छैनन्, राज्यको मूलधारमा आउन नसकिरहेका जातजाति- समुदाय र भूगोलका यथार्थ आवाज र सीमान्तका स्वरलाई मूलधारमा ल्याइरहेका छन् ।

भूकम्प बाढी पहिरो जस्ता प्राकृतिक विपद्को समयमा होस् वा राजनीतिक उतारचढावका समयमा नै किन नहोस् – सही सूचना र जनचेतनाका माध्यमबाट नागरिकको जीवन रक्षाका लागि नेपाल टेलिभिजनले निर्वाह गरेको भूमिका अविस्मरणीय छ । नेपालमा २०४० साल पछिको विभिन्न कालखण्डमा भएका राजनीतिक परिवर्तनको साक्षी रहेको नेपाल टेलिभिजनले समयको मागसंगै आफ्ना नीति र प्रविधिलाई आत्मसात् गर्दै नीति र अभ्यासमा रुपान्तरित गर्दै आएको छ ।

स्थापनाकाल देखि राज्यको टेलिभिजनको रुपमा रहदै आएको नेपाल टेलिभिजन २०८१ कार्तिक २३ गतेबाट सार्वजनिक सेवा प्रसारणमा रुपान्तरण भएसंगै सरकारको सहयोगी र नागरिक केन्द्रित भएको छ । सार्वजनिक सेवा प्रसारणका रुपमा राष्ट्रिय हित र एकता, बहुलता र विविधता, सर्वव्यापकता र नविनता, सुशासन र समृदधी, जनउत्तरदायी र जवाफदेहीतासंगै लोकतन्त्र र नागरिक अधिकारप्रति थप प्रतिवद्ध हुने प्रण सहित अघि बढिरहेको छ । पिएसवीका रुपमा प्रसारण मुख्य तीन क्षेत्र र तीन प्राथमिकतालाई आत्मसाथ गर्दै नेपाल टेलिभिजनले आफ्ना कार्ययोजना तय गरिरहेको छ ।

विश्वमा सार्वजनिक सेवा प्रसारणले करिव एक शताब्दी लामो इतिहास रहेको पृष्ठभूमिमा नेपालको प्रसारण इतिहासमा भने पिएसवीको नयाँ अध्याय भर्खरै सुरु भएको छ । ४१ वर्ष लामो विरासतलाई जोगाउदै पिएसवीको संस्थागत संरचनामा जोडिएको रेडियो नेपाल समेतलाई साथमा लिएर अघि बढ्दा रुपान्तरणको मर्म अनुरुप अघि बढ्ने अवसर र चूनौती नेपाल टेलिभिजन सामू आएका छन् । भइरहेका प्रविधिको पूर्ण उपयोगसंगै नविनतम प्रविधिहरुको प्रयोगबाट सबै नेपालीजन र सबै नेपाली मनमा पुग्ने टेलिभिजन बन्ने दृष्टिकोण राखिएको छ । पिएसवी रुपान्तरणको एक वर्ष प्रशासनिक व्यवस्थापनमा जुटेको व्यवस्थापनले सार्वजनिक सेवा प्रसारणको पूर्ण कार्यान्वयनलाई लक्ष्य गरेर काम गरिरहेको छ ।

दक्ष जनशक्ति, विषयबस्तुको छनोट र प्रस्तुतिमा उच्च व्यवसायिकता अनि प्रशारणमा अत्याधुनिक एचडी प्रविधिको प्रयोगले नेपाल टेलिभिजन र यसका च्यानलहरुलाई अब्बल बनाईरहेको छ । देशमा भू-सतही प्रसारण मार्फत ५२ प्रतिशत भू-भाग र ७२ प्रतिशत जनतामा पहुँच पुर्‍याएको नेपाल टेलिभिजनले दूरदराजका नागरिकलाई जोड्दै विभिन्न जातजाती भाषाभाषी र समुदायको प्रतिनिधित्व र सरोकार सम्बोधन हुनेगरी दैनिक ७ भाषामा समाचार, २५ भाषाका साप्ताहिक कार्यक्रम र थप दुई भाषामा साप्ताहिक समाचार प्रसारण गर्दै आइरहेको छ ।

देशको सबै भुगोल र जनसंख्यामा प्रसारणको सर्वसुलभ पहुँच पुर्‍याउँदै, जनसरोकारका विषयहरुमा आवाजविहीनहरुको आवाज बन्दै, समृद्ध मुलुक बनाउने राष्ट्रिय लक्ष्य प्राप्तिमा सरकार सहयात्री बन्दै सार्वजनिक सेवा प्रसारणको व्यावसायिक जिम्मेवारी र उत्तरदायित्व ४२औं वर्ष प्रवेशमा नेपाल टेलिभिजनले थप शसक्त रुपमा पुरा गर्ने प्रण व्यक्त गरेको छ ।

यसैबीच उपराष्ट्रपति रामसहाय प्रसाद यादवको प्रमुख आतिथ्यमा आज अपरान्ह नेपाल टेलिभिजन प्राङ्गणमा वार्षिकोत्सव कार्यक्रम आयोजना हुँदैछ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

स्याउका बोट सेताम्मे – सार्वजनिक सेवा प्रसारण संस्था

स्याउका बोट सेताम्मे – सार्वजनिक सेवा प्रसारण संस्था

सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह

सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह

आजका लागि कृषिउपजको थोक मूल्य

आजका लागि कृषिउपजको थोक मूल्य

कीर्तिमानी आरोही श्रेष्ठको सगरमाथा मोह

कीर्तिमानी आरोही श्रेष्ठको सगरमाथा मोह

जुम्लामा बाउन्न हेक्टर क्षेत्रफलमा फुजी स्याउको खेती

जुम्लामा बाउन्न हेक्टर क्षेत्रफलमा फुजी स्याउको खेती

डिजेल र मट्टीतेलको मूल्य बढ्यो, पेट्रोलको यथावत

डिजेल र मट्टीतेलको मूल्य बढ्यो, पेट्रोलको यथावत

जलवायुमैत्री कृषिमार्फत चुनौतीको सामना गर्दै किसान

जलवायुमैत्री कृषिमार्फत चुनौतीको सामना गर्दै किसान