‘आलु बिक्री गर्न बजारको समस्या छैन’

‘आलु बिक्री गर्न बजारको समस्या छैन’

मन्थली (रामेछाप)- सुनकोशी गाँउपालिका–३ स्थित झाङङ्गाझोली, बोहोरेटार र गणेश स्थान क्षेत्रका फाँटमा लगाइएको आलु भित्र्याउन र पुनः रोप्न यहाँका किसानलाई भ्याइनभ्याइ परेको छ ।

रामेछापको खाडादेवी गाँउपालिकाको सिमानामा रहेको सुनकाशी नदी पारी पर्ने सिन्धुली जिल्लास्थित ती फाँटका किसान बर्खे धान भित्र्याएर कार्तिक र मङ्सिर महिनामा लगाएको दुई महिने आलु हिजोआज खन्ने र पुनः रोप्न व्यस्त भएका हुन् । स्थानीयवासी ठेटराज चौलागाइँ हाल आलु लागाइएको फाँटबाटै प्रतिकिलो २० देखि २५ रुपैयासम्ममा बिक्री गर्ने गरेको बताउनुहुन्छ ।

यी फाँटहरु विपी राजमार्ग क्षेत्रभित्र पर्ने भएकोले किसानले उत्पादन गरेको आलुको बजारको समस्या नभएपछि यहाँका किसनले गत वर्षदेखिनै ब्यवसायिक रूपमा आलु खेती गर्दै आइरहेका छन् ।आलु खेती नगर्दा यसअघि दुईदेखि तीन बालि मात्र हुने गरको भएपनि दुई पटक आलु रोप्ने र भित्र्याउने गर्दा वर्षमा चार बली यहाँका कृषकले भित्र्याउने गरेको स्थानीय दुर्गाप्रसाद आचार्य बताउनहुन्छ  ।

गाँउपालिकाले यस क्षेत्रलाई आलु जोनका रूपमा विकास गर्दै विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको सुनकोशी गाँउपालिकाका उपाध्यक्ष कपिल कोइरालाले जानकारीदिनुभयो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

परीक्षामा जफत गरिएको मोबाइल नष्ट गरेपछि विद्यार्थी आन्दोलित

परीक्षामा जफत गरिएको मोबाइल नष्ट गरेपछि विद्यार्थी आन्दोलित

बिपक्षी दलहरुको अबरोधका कारण प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित

बिपक्षी दलहरुको अबरोधका कारण प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित

रास्वपा सभापति लामिछानेले आह्वान गरेको सर्बदलीय बैठक सिंहदरवारमा

रास्वपा सभापति लामिछानेले आह्वान गरेको सर्बदलीय बैठक सिंहदरवारमा

शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो

शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

नगरपालिका भवन पुनर्निर्माण नहुँदा काममा बाधा

नगरपालिका भवन पुनर्निर्माण नहुँदा काममा बाधा

बीस विद्यालयलाई ल्यापटप वितरण – सार्वजनिक सेवा प्रसारण संस्था

बीस विद्यालयलाई ल्यापटप वितरण – सार्वजनिक सेवा प्रसारण संस्था