जेनजीको भावना बमोजिम विशेष महाधिवेशनबाट पार्टी नयाँ भएको छ – सभापति थापा

जेनजीको भावना बमोजिम विशेष महाधिवेशनबाट पार्टी नयाँ भएको छ – सभापति थापा

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले अबको ५ वर्ष मधेसलाई केन्द्रमा राखेर काम  गर्ने बताउनु भएको छ ।

मधेसको राजधानी जनकपुरधाममा ८ वटै जिल्लाका उम्मेदवार तथा जिल्ला अध्यक्षहरुसंगको भेटघाट कार्यक्रममा बोल्नु हुँदै थापाले नयाँ सोच र दृष्टिसहित कांग्रेस चुनावमा शामिल भएको बताउनु भयो ।

उहाँले नेपाली कांग्रेस मधेसलाई केन्द्रमा राखेर काम गर्न चाहन्छ, उहाँले भन्नुभयो ‘मधेशवादीलाई भोट दिन्छु भन्नेहरूलाई कांग्रेस नै सबैभन्दा पुरानो र असली मधेशवादी पार्टी हो भन्न सक्नुपर्छ ।’ उहाँले मधेसका बाँकी मुद्दाहरु कांग्रेसले पूरा गरेर देखाउने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो ।

मधेशका मुद्दामा स्पष्ट र निर्भीक रूपमा बोल्ने नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै थापाले चुनावमा राष्ट्रिय र स्थानीय दुवै मुद्दा लिएर जान पार्टीका नेता–कार्यकर्तालाई आग्रह गर्नुभयो । जेनजी युवाहरुको माग कुनै पार्टीले सम्बोधन गरेको छ भने त्यो पार्टी नेपाली कांग्रेस रहेको बताउनु भयो ।

उहाँले जेनजी युवाहरुको माग सम्बोधन गरेर विशेष महाधिवेशनबाट पार्टी नयाँ भएको बताउनु भयो । नेपाली कांग्रेस नेपालको सबैभन्दा नया पार्टी रहेको जेनजी युवाहरुलाई बुझाउन कार्यकर्ताहरुलाई समेत आग्रह गर्नुभयो । उहाँले नेपाली कांग्रेस नेपालको सबैभन्दा पुरानो र सबैभन्दा नयाँ दल पनि रहेको दावी गर्नुभयो ।

कांग्रेस अब रूपान्तरित भएको दाबी गर्दै थापाले पार्टी उत्तेजना फैलाउने नभई देश सम्हाल्ने शक्ति भएको बताउनु भयो । उहाँले देशमा भएको विध्वंश र विनाशलाई फेरी ट्रैकमा ल्याउने शक्ति नेपाली कांग्रेस संगै रहेको दावी गर्नु भयो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन

भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन

सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ राष्ट्रिय सभाबाट पारित

सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ राष्ट्रिय सभाबाट पारित

बाढी प्रभावितको पुनःस्थापना र सामाजिक संरक्षणमा मन्त्री बादीको चासो, उत्तरगया अध्यक्षसँग छलफल

बाढी प्रभावितको पुनःस्थापना र सामाजिक संरक्षणमा मन्त्री बादीको चासो, उत्तरगया अध्यक्षसँग छलफल

पार्टीलाई नयाँ ऊर्जा र स्पष्ट मार्गसहित अघि बढाउने अध्यक्ष ओलीको भनाइ

पार्टीलाई नयाँ ऊर्जा र स्पष्ट मार्गसहित अघि बढाउने अध्यक्ष ओलीको भनाइ

स्वदेशमै स्रोत र सीपलाई सदुपयोग गर्न सके यही काम गर्न र कमाउन सकिन्छ

स्वदेशमै स्रोत र सीपलाई सदुपयोग गर्न सके यही काम गर्न र कमाउन सकिन्छ

राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन

राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन

गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह