Notice: Function Elementor\Core\Experiments\Manager::warn_removed_or_hidden_dependency was called incorrectly. Feature mega-menu depends on hidden experiment nested-elements. Please see Debugging in WordPress for more information. (This message was added in version 4.3.4.) in /home/khabarofnepal/public_html/wp-includes/functions.php on line 6260

Warning: Cannot modify header information - headers already sent by (output started at /home/khabarofnepal/public_html/wp-includes/functions.php:6260) in /home/khabarofnepal/public_html/wp-content/plugins/post-views-counter/includes/class-counter.php on line 1053
निर्वाचनका लागि भारत सरकारद्वारा नेपाललाई सवारी साधन सहयोग – Khabarofnepal

निर्वाचनका लागि भारत सरकारद्वारा नेपाललाई सवारी साधन सहयोग

निर्वाचनका लागि भारत सरकारद्वारा नेपाललाई सवारी साधन सहयोग

काठमाडौँ– भारत सरकारले नेपाललाई निर्वाचनसम्बन्धी सहयोग अन्तर्गत दोस्रो चरणको सहायता हस्तान्तरण गरेको छ।

उक्त सहयोगस्वरूप भारत सरकारले निर्वाचन प्रयोजनका लागि आज नेपाल सरकारलाई २५० भन्दा बढी सवारी साधन नेपाल सरकारलाई प्रदान गरिएको हो।

काठमाडौँस्थित अर्थ मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा नेपाल सरकारका अर्थमन्त्री रमेश्वर प्रसाद खनालको उपस्थितिमा भारतका कार्यवाहक राजदूत डा. राकेश पाण्डेले ती सवारी साधन औपचारिक रूपमा हस्तान्तरण गर्नुभयो।

आगामी निर्वाचनको तयारीका लागि नेपाल सरकारले अनुरोध गरेअनुसार यी सामग्रीहरू उपलब्ध गराइएको बताइएको छ ।  कार्यक्रममा बोल्दै अर्थमन्त्री खनालले भारत–नेपालबीचको दीर्घकालीन सहकार्य र मैत्रीपूर्ण सम्बन्धको चर्चा गर्दै सहयोगका लागि भारत सरकार र भारतीय जनताप्रति आभार व्यक्त गर्नुभयो। उहाँले यी सवारी साधनहरू आगामी निर्वाचनको तयारीमा महत्वपूर्ण हुने पनि बताउनुभयो।

यसअघि भारत सरकारले निर्वाचनसम्बन्धी सहयोगको पहिलो चरण अन्तर्गत २०२६ जनवरी २० मा नेपाललाई सामग्री हस्तान्तरण गरिसकेको थियो। बाँकी सहयोग सामग्रीहरू पनि आगामी हप्ताहरूमा चरणबद्ध रूपमा नेपाललाई उपलब्ध गराइने बताइएको छ।

भारतबाट निरन्तर प्राप्त हुँदै आएको यो सहयोगले दुवै देशबीच रहेको बहुआयामिक तथा बहुक्षेत्रीय विकास साझेदारी र आपसी विश्वास तथा मित्रतालाई अझ सुदृढ बनाएको जनाइएको छ।

Source link

संबधित खबर

धेरै पढ़िएको

Udta Teer Review: Ayushmann Khurrana’s spy comedy serves a major laugh riot; Late Mukul Dev gets memorable swansong

Julia Roberts, Picket Fences Costars Pay Tribute

Drishyam: The Conclusion Day 21: Ajay Devgn’s Thriller Holds Steady, Eyes Rs 365 Crore Mark

Udta Teer First Review | Udta Teer First Review Rating | Udta Teer Censor Report | Udta Teer Special Screening Review | Udta Teer Full Movie First Review | Is Udta Teer Worth Watching | Ayushmann Khurrana Udta Teer First Review

Pinkvilla Predicts: Trailer boosts confidence in Ramayana Part One, final update for Udta Teer

Kim Kardashian’s Brother Rob Kardashian Makes Rare Public Appearance

Devi Sri Prasad’s Place in Ram Charan’s RC17 Still Remains Uncertain