धादिङमा किसानहरु कफी खेतीतर्फ आकर्षित

धादिङमा किसानहरु कफी खेतीतर्फ आकर्षित

धादिङ- भौगोलिक बनावट र हावापानी कफीका लागि निकै उपयुक्त देखिएपछि धादिङमा किसानहरुले कफीको ब्यवसायिक खेती थालेका छन ।

स्थानीय तहले समेत सहयोग गर्न थालेपछि ज्वालामुखी गाउँपालिकाका अधिकांश किसानहरुले उत्पादनसमेत सुरु गरेका छन् ।

कफी लगाएको तीन-चार वर्षमा नै उत्पादन दिन थालेको छ भने पुराना कफीका बगैँचाहरुलाई पनि राम्रो व्यवस्थापन गर्न सुरु गरिएको छ ।

किसानहरुले अहिले कफीको प्रशोधित दाना बिक्रीबाट राम्रो आम्दानी लिन थालेका छन् । कोदो र मकैभन्दा निकै राम्रो उत्पादन र बिक्री भएपछि आम्दानी बढेको किसानहरुको भनाइ छ ।

यसो त स्थानीय तहले पनि कफी खेती गर्न सहयोग सुरु गरेको स्थानीय जनप्रतिनिधिको भनाइ छ ।  जिल्ला कृषि विकास कार्यालय धादिङका अनुसार कफी खेती प्रबर्द्धन कार्यक्रम अन्तर्गत जिल्लामा विशेष कार्यक्रम सुरु गरिएको हो ।

यस अन्तर्गत परीक्षणको रुपमा खनीयावास गाउँपालिकामा पन्ध्र हजार बोट कफी लगाईएको कार्यालयले जनाएको छ ।

कफी खेतीले गरीवी निवारण, रोजगारी श्रृजना र वताबरण संरक्षण र बाँझो जमीनको उपयोग गर्दै आयआर्जनको राम्रो श्रोत बन्दै गएको स्थानीय सरकारको बुझाइ छ ।

जिल्लाको शिद्धलेक, ज्वालामुखी, गंगाजमुना, खनीयावास गाउँपालिका र धुनीवेशी नगरपालिकामा ब्यवसायिक कफी खेती सुरु गरिएको छ ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

प्रधानमन्त्रीसँग राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारी छलफलमा

प्रधानमन्त्रीसँग राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारी छलफलमा

पूर्वाधार निर्माणलाई गति दिन विमानस्थल राति सात घण्टा बन्द हुने

पूर्वाधार निर्माणलाई गति दिन विमानस्थल राति सात घण्टा बन्द हुने

विश्वविद्यालयमा दलीय राजनीति निषेध गर्न उपकुलपतिहरूलाई प्रधानमन्त्री शाहको निर्देशन

विश्वविद्यालयमा दलीय राजनीति निषेध गर्न उपकुलपतिहरूलाई प्रधानमन्त्री शाहको निर्देशन

भारतीय चुनावका कारण पूर्वीसीमा ७२ घण्टाका लागि बन्द

भारतीय चुनावका कारण पूर्वीसीमा ७२ घण्टाका लागि बन्द

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

उदयपुरको बेल्टार बजारमा आगलागी हुँदा दुई जनाको जलेर मृत्यु

उदयपुरको बेल्टार बजारमा आगलागी हुँदा दुई जनाको जलेर मृत्यु

घान्द्रुकमा पर्यटकीय चहलपहल – सार्वजनिक सेवा प्रसारण संस्था

घान्द्रुकमा पर्यटकीय चहलपहल – सार्वजनिक सेवा प्रसारण संस्था