मुस्ताङ, हुम्ला र बाजुरामा वर्षासँगै भारी हिमपात

मुस्ताङ, हुम्ला र बाजुरामा वर्षासँगै भारी हिमपात

मुस्ताङ- मङ्गलबार रातिदेखि जिल्लाका विभिन्न भेगमा भारी हिमपात भएको छ । यहाँका डाँडाकाँडा पूरै सेताम्मे भएका छन् । अधिकांश स्थानमा वर्षा पनि भएको छ ।

भारी हिमपात कारण कागबेनी–कोरला सडक अवरुद्ध भएको छ । केही स्थानमा दुई फिटभन्दा बढी हिउँ जमेको छ । हिउँ परेसँगै स्याउ, उवा, फापर, जौँ र आलुलगायत बाली सप्रने आशा पलाएको घरपझोङ गाउँपालिकाका कृषि शाखा प्रमुख रोशन थकालीले बताउनुभयो ।

त्यसैगरी हुम्ला, मुगु, डोल्पा, जुम्ला, कालिकोटमा मङ्गलबार रातिदेखि नै बाक्लो हिमपात भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख शङ्कर खड्काका अनुसार सदरमुकाम सिमकोटसहित उच्च भेगमा एक फिट हिउँ जमेको छ । हिमपातले हवाई सेवा अवरुद्ध हुनाका साथै लिमी, न्यालु, यारी र हिल्सा सडक बन्द भएका छन् ।

यसैबीच बाजुरा जिल्लाका बडीमालिका, बुढीगङ्गा त्रिवेणी, बुढीनन्दा नगरपालिका, हिमाली, खप्तड छेडेदह, गौमुल, स्वामीकार्तिक, जगन्नाथ गाउँपालिकाका लेकमा बाक्लो हिमपात भएको छ ।

हिमपातका कारण हिमालीको विच्छ्या, रुगिन, बाँधु, गौमुलको अल्लिस, दहकोट, बुढीनन्दाको कुरु गाउँको जनजीवन प्रभावित भएको छ । वर्षासँगै हिमापात भएपछि गहुँ बाली सप्रने कृषि ज्ञान केन्द्रका प्रमुख जसीराम सहानीले राससलाई बताउनुभयो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

जेनजी आन्दोलनको जाँचबुझ आयोगले सरकारलाई बुझायो प्रतिवेदन

जेनजी आन्दोलनको जाँचबुझ आयोगले सरकारलाई बुझायो प्रतिवेदन

सुनसरी-१ बाट हर्क साम्पाङ विजयी

सुनसरी-१ बाट हर्क साम्पाङ विजयी

बर्दिया–१ मा रास्वपाका थारु विजयी

बर्दिया–१ मा रास्वपाका थारु विजयी

ललितपुर-२ बाट रास्वपाका जगदीश खरेल विजयी

ललितपुर-२ बाट रास्वपाका जगदीश खरेल विजयी

सिरहा–१ मा रास्वपाका गुप्ता निर्वाचित

सिरहा–१ मा रास्वपाका गुप्ता निर्वाचित

सिरहा–१ मा रास्वपाका गुप्ता निर्वाचित

पर्सा–४ मा रास्वपाका शाक्य निर्वाचित

सर्लाही-४बाट काँग्रेस सभापति थापालाई हराउँदै रास्वपाका अमरेश कुमार सिंह विजयी

सर्लाही-४बाट काँग्रेस सभापति थापालाई हराउँदै रास्वपाका अमरेश कुमार सिंह विजयी