भोजपुरको टेम्केमैयुङमा ‘एक घर एक करेसाबारी’ कार्यक्रम

भोजपुरको टेम्केमैयुङमा ‘एक घर एक करेसाबारी’ कार्यक्रम

भोजपुर- यहाँको टेम्केमैयुङ गाउँपालिकाले किसानलाई आयआर्जनमा जोड्ने उद्देश्यले ‘एक घर एक करेसाबारी’ कार्यक्रम अघि बढाएको छ । व्यावसायिक कृषिका माध्यमबाट किसानको जीवनस्तर सुधार गर्ने लक्ष्यसहित कार्यक्रम सञ्चालनको तयारी गरिएको हो ।

किसानलाई व्यावसायिक तथा उद्यमशील बनाउने उद्देश्यले ‘एक घर एक करेसाबारी’ अवधारणाअनुसार कार्यक्रम लागू गरिएको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रमले किसानलाई तरकारीखेतीमार्फत आयआर्जन गर्न थप सहज बनाउनेछ ।

“किसानलाई व्यावसायिक नगदे तथा तरकारीखेतीतर्फ आकर्षित गर्न यो कार्यक्रम सञ्चालन गरेका हौँ”, अध्यक्ष बस्नेतले भन्नुभयो, “सबै किसानलाई कम्तीमा तरकारीमा आत्मनिर्भर बनाउने हाम्रो लक्ष्य हो ।” कार्यक्रम टेम्केमैयुङ गाउँपालिकाका नौवटै वडामा सञ्चालन हुने उहाँले जानकारी दिनुभयो ।

कार्यक्रम सञ्चालनका लागि किसानसँग प्रस्ताव आह्वान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अदित दाहालले जानकारी दिनुभयो । प्रदेश सरकारबाट प्राप्त रु १० लाख सशर्त अनुदानमार्फत कार्यक्रम सञ्चालन हुने उहाँको भनाइ छ ।

गाउँपालिकाको कृषि विकास शाखामार्फत सञ्चालन हुने कार्यक्रममा इच्छुक किसान, कृषि फार्म, समूह तथा सहकारीले प्रस्ताव पेस गर्न सक्नेछन् । व्यावसायिक तरकारीखेती गर्न चाहने किसानलाई ५० प्रतिशत अनुदान उपलब्ध गराइने गाउँपालिका उपाध्यक्ष रमादेवी राईले जानकारी दिनुभयो ।

कार्यक्रम छनोटमा आर्थिक, सामाजिक तथा भौगोलिक रूपमा पछाडि परेका वर्ग, महिला तथा दलित किसानलाई प्राथमिकता दिइने गाउँपालिकाले जनाएको छ । कम्तीमा दुई सय वर्गमिटर (छ आना) क्षेत्रफलमा तरकारीखेती गर्दै आएका किसान कार्यक्रमका लागि योग्य मानिने छन्भने प्राथमिकतामा पर्नेछन् ।

‘एक घर एक करेसाबारी कार्यक्रम सञ्चालन कार्यविधि, २०८२’ अनुसार कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ । कार्यक्रममा सहभागी किसानलाई प्लास्टिक टनेल, सिँचाइका लागि पाइप तथा तरकारी उत्पादनका लागि उन्नत जातका बीउबिजन वितरण गरिने कृषि विकास शाखाले जानकारी दिएको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

म्याग्दीमा पाँच प्रतिशतले आलु उत्पादन घट्यो

म्याग्दीमा पाँच प्रतिशतले आलु उत्पादन घट्यो

कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

समझदारीपत्रमा हस्ताक्षर – सार्वजनिक सेवा प्रसारण संस्था

समझदारीपत्रमा हस्ताक्षर – सार्वजनिक सेवा प्रसारण संस्था

कालीगण्डकीको कटानले जोखिममा पुल – सार्वजनिक सेवा प्रसारण संस्था

कालीगण्डकीको कटानले जोखिममा पुल – सार्वजनिक सेवा प्रसारण संस्था

देवानगञ्ज घटनाको छानबिनका लागि न्यायिक आयोग गठन गर्न काँग्रेसको माग

देवानगञ्ज घटनाको छानबिनका लागि न्यायिक आयोग गठन गर्न काँग्रेसको माग

सिरियाका पूर्वराष्ट्रपति बसर अल-असदलाई मृत्युदण्डको फैसला

सिरियाका पूर्वराष्ट्रपति बसर अल-असदलाई मृत्युदण्डको फैसला

 लाल बकैया खोलामा नुहाउने क्रममा २ बालिका र १ बालक बेपत्ता

 लाल बकैया खोलामा नुहाउने क्रममा २ बालिका र १ बालक बेपत्ता