नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट, कारोबार १६ अर्ब रुपैयाँ नाघ्यो

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट, कारोबार १६ अर्ब रुपैयाँ नाघ्यो

काठमाडौँ- साताको दोस्रो कारोवार दिन सोमवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अङ्कले घट्दा कारोबार रकममा भने उल्लेख्य सुधार देखिएको छ ।

सोमवार नेप्से परिसूचक तीन दशमलव ०७ अङ्कले घटेर दुई हजार ७६९ दशमलव ०९ को बिन्दुमा कायम भएको हो । आज ३३२ कम्पनीको तीन करोड ६२ लाख ६४ हजार ८७४ कित्ता शेयर एक लाख ३७ हजार ६७६ पटक खरिद–बिक्री हुँदा १६ अर्ब ३५ करोड ५७ लाख ३० हजार ३६६ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

सोमवार होटल समूह सर्वाधिक अर्थात १.६७ प्रतिशतले बढ्यो । हाईड्रो समूह पनि ०.३०, उत्पादन तथा प्रशोधन ०.४० र म्युचुअल फण्ड ०.७८ प्रतिशतले बढ्यो भने बाँकी समूहमा गिरावट आयो । सोमवार नेप्सेमा कारोबार भएकामध्ये ६ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो। आज एसवाई प्यानल, हिमस्टार उर्जा, सान्भी इनर्जी, सप्तकोशी डेभलपमेन्ट बैंक, माउन्टेन हाईड्रो र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।

यसैगरी, ट्रेड टावरको सेयरमूल्य ९.२५ प्रतिशत, त्रिशुली जलविद्युतको ८.९३ र बन्दीपुर केवलकारको सेयरमूल्य ८.०७ प्रतिशतले बढ्यो ।

नेशनल हाईड्रोपावरको सेयरमूल्यमा सर्वाधिक अर्थात ३.१२ प्रतिशतको गिरावट आयो । यस्तै कालिका पावरको २.९६ र ज्योती विकास बैंकको सेयरमूल्य पनि २.९५ प्रतिशतले घट्यो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

काँग्रेसको अधिकारिकता विशेष अधिवेशन पक्षधरलाई, निर्वाचन आयोगको निर्णय सर्वोच्चद्वार सदर

काँग्रेसको अधिकारिकता विशेष अधिवेशन पक्षधरलाई, निर्वाचन आयोगको निर्णय सर्वोच्चद्वार सदर

घरमै पुगेर राहदानी वितरण गर्दै तनहुँ प्रशासन

घरमै पुगेर राहदानी वितरण गर्दै तनहुँ प्रशासन

काँग्रेसमा संसदीय दलको नेता छान्न सकस कायमै

काँग्रेसमा संसदीय दलको नेता छान्न सकस कायमै

सभापति चयन गर्न बाह्र वटा समितिका बैठक हुँदै

सभापति चयन गर्न बाह्र वटा समितिका बैठक हुँदै

नवनिर्वाचित संसदीय समितिका सभापतिहरुको शपथ सम्पन्न

नवनिर्वाचित संसदीय समितिका सभापतिहरुको शपथ सम्पन्न

सरकारी अस्पतालको ओपीडी सेवा शनिबार र आइतबार दुवै दिन बन्द रहने

सरकारी अस्पतालको ओपीडी सेवा शनिबार र आइतबार दुवै दिन बन्द रहने