अण्डाको माग र मूल्य बढ्यो

अण्डाको माग र मूल्य बढ्यो

चितवन– प्रतिनिधिसभाको निर्वाचन नजिँकिदै जाँदा अण्डाको माग उच्च भएको छ । माग बढेसँगै अण्डाको मूल्य पनि क्रमशः बढ्दै गएको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुनेगरी अण्डाको मूल्यमा वृद्धि गरेको हो । यसअनुसार ठूलो अण्डा एक क्रेट (३० वटा)को फार्म मूल्य चार सय ९५ रुपैयाँ पुगेको छ । यसअघि प्रतिक्रेट चार सय ६५ रुपैयाँमा बिक्री गरिएको ठूलो अण्डाको मूल्य ३० रुपैयाँले बढेको हो । यस्तै मझौला अण्डाको फार्म मूल्य चार सय ७५ रुपैयाँ कायम गरिएको छ । यसअघि यो अण्डा चार सय ४५ रुपैयाँमा बिक्री हुँदै आएको थियो ।

गत मङ्सिरमा अण्डाको मूल्य हालसम्मकै उच्च भएको थियो । तत्कालीन समयमा फार्ममा ठूलो अण्डा पाँच सय ६५ रुपैयाँ प्रतिक्रेटमा बिक्री भएको थियो । मझौलाको रेट पाँच सय ५० रुपैयाँ थियो । सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार नेपालमा निर्वाचनको माहोल बन्नु, निर्वाचनसँगै सीमा क्षेत्रमा भएको कडाइका कारण अण्डाको मूल्यमा वृद्धि भएको हो ।

अण्डा उत्पादन गर्ने कुखुरामा कमी आउँदा अण्डा उत्पादन कम हुनु, बन्द भएका विद्यालयहरू खुल्नुलगायत कारणले अण्डाको मूल्यमा क्रमिक सुधार आउन लागेको हो । अण्डाको उत्पादन लागत मूल्य प्रतिगोटा १९ रुपैयाँ १२ पैसा पर्न आउँछ । यसलाई हिसाब गर्दा किसानको लागत मूल्य प्रतिक्रेट पाँच सय ७४ रुपैयाँ छ पैसा पर्न आउँछ । लागत मूल्य नजिक पुगेको अवस्थामा पुनः अण्डाको मूल्य घटेपछि किसान निरास बनेका थिए । अब मूल्य बढ्ने आशमा किसान रहेका छन् । सङ्घले बजारको अवस्थाअनुसार अण्डाको समर्थन मूल्य तय गर्दै आएको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

एघार देशका स्रष्टाहरु मुन्दुम पदमार्गमा

एघार देशका स्रष्टाहरु मुन्दुम पदमार्गमा

बाघखोरमा बाघको प्रतिमासहितको ‘पार्क’ निर्माण

बाघखोरमा बाघको प्रतिमासहितको ‘पार्क’ निर्माण

पर्यटकका रोजाइमा सिन्धुपाल्चोकको भैरवकुण्ड – सार्वजनिक सेवा प्रसारण संस्था

पर्यटकका रोजाइमा सिन्धुपाल्चोकको भैरवकुण्ड – सार्वजनिक सेवा प्रसारण संस्था

हिमाली र पहाडी भूभागमा आंशिक बादल , तराई क्षेत्रमा तातो लहरको सम्भावना

हिमाली र पहाडी भूभागमा आंशिक बादल , तराई क्षेत्रमा तातो लहरको सम्भावना

बिक्री हुन थाल्यो तम्घासमा फोहोर

बिक्री हुन थाल्यो तम्घासमा फोहोर

हात्तीको उपद्रो रोक्न भत्किएका विद्युतीय घेराबेरा मर्मत गरिँदै

हात्तीको उपद्रो रोक्न भत्किएका विद्युतीय घेराबेरा मर्मत गरिँदै

वीरगञ्ज हुँदै ७९ अर्ब ५४ करोडको वस्तु तथा सामान निर्यात

वीरगञ्ज हुँदै ७९ अर्ब ५४ करोडको वस्तु तथा सामान निर्यात