भाटभटेनी -‘झुण्डिएका देवता’ वृत्तचित्र काठमाडौंमा सार्वजनिक

भाटभटेनी -‘झुण्डिएका देवता’ वृत्तचित्र काठमाडौंमा सार्वजनिक

काठमाडौं –  भाटभटेनी ‘झुण्डिएका देवता’  वृत्तचित्र आज एक विशेष समारोहका बीच काठमाडौंमा सार्वजनिक गरिएको छ । काठमाडौं महानगरपालिका वडा नं ५ को आयोजनामा भएको कार्यक्रममा महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले वृतचित्र सार्वजनिक गर्नुभएको हो । उहाँले भाटभटेनीको इतिहासलाई जीवन्त राख्न र यसको महत्वलाई पुस्तान्तरण गर्न वृत्तचित्रले सघाउने बताउनुभयो ।

वृत्तचित्र नेपाल टेलिभिजनका क्यामेरा पर्सन तथा चलचित्र निर्देशक प्रद्य‍ुम्न मिश्रले निर्माण तथा निर्देशन गर्नुभएको हो । त्यस अवसरमा मिश्र लगायत वृतचित्र निर्माणका विभिन्न विधामा संलग्न व्यक्तिहरुलाई सम्मान गरियो । सम्मानित हुनेमा वृतचित्र लेखनमा सुभद्रा गौतम, ड्रोन पाइलटका रुपमा टेकबहादुर खड्का, निर्माणमा लक्ष्मी मिश्र र स्वराङ्कनमा ममता कोइराला लगायत हुनुहुन्छ ।

वृत्तचित्रमा काठमाडौंको हाँडीगाउँमा रहेको पृथक किसिमको भाटभटेनी मन्दिर र त्यहाँ राखिएका देवी-देवता तथा मन्दिरको ऐतिहासिक एवं कलात्मक पक्षका विषय समेटिएको छ ।

भाटभटेनी देवी र देवतालाई आसन र सिंहासनमा नराखी जमिनभन्दा माथि झुण्ड्याएर राखिएको अद्‍भुत मन्दिर हो । किन भाटदेवता, भटेनी देवी अनि उनीहरुका छोरा बालगोपाललाई आसनमा नराखेर जमिनमाथि बलियो सिक्रीले झुण्ड्याएर राखियो भन्ने प्रश्नलाई विभिन्न मिथक तथा पुरातात्विक प्रमाणका आधारमा वृत्तचित्रमा प्रस्तुत गरिएको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

सुकुमवासी समस्याको दीर्घकालीन समाधानका लागि सरकार गम्भीर छः गृहमन्त्री

सुकुमवासी समस्याको दीर्घकालीन समाधानका लागि सरकार गम्भीर छः गृहमन्त्री

मनसुनजन्य रोगको रोकथामका लागि ‘प्रतिकार्य अभियान’

मनसुनजन्य रोगको रोकथामका लागि ‘प्रतिकार्य अभियान’

अर्घाखाँचीमा मुहान संरक्षण गर्न १५ वटा रिचार्ज पोखरी निर्माण

अर्घाखाँचीमा मुहान संरक्षण गर्न १५ वटा रिचार्ज पोखरी निर्माण

सिरहामा पशु हाटबजार परिसरको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पशु हाटबजार परिसरको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सरकार–काठमाडौं महानगर र पीडित पक्षबीच ९ बुँदे सहमति

सरकार–काठमाडौं महानगर र पीडित पक्षबीच ९ बुँदे सहमति

गृहमन्त्रीसहित मन्त्रीहरू होल्डिङ सेन्टरको अवलोकनमा

गृहमन्त्रीसहित मन्त्रीहरू होल्डिङ सेन्टरको अवलोकनमा

पर्यटन मन्त्री पौडेलद्वारा मुक्तिनाथ मन्दिर क्षेत्रको अनुगमन, धार्मिक पर्यटन विकासका सम्भावनाबारे अध्ययन

पर्यटन मन्त्री पौडेलद्वारा मुक्तिनाथ मन्दिर क्षेत्रको अनुगमन, धार्मिक पर्यटन विकासका सम्भावनाबारे अध्ययन