दर्मीजामा सामुदायिक भवन निर्माण – सार्वजनिक सेवा प्रसारण संस्था

दर्मीजामा सामुदायिक भवन निर्माण – सार्वजनिक सेवा प्रसारण संस्था

म्याग्दी- म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दर्मीजामा बहुउद्देश्यीय सामुदायिक भवन निर्माण भएको छ ।

४२ लाख रुपैयाँको लागतमा करिब ३०० जना क्षमताको सामुदायिक भवन निर्माण भएको हो । भवन निर्माणका लागि गण्डकी प्रदेश सरकारबाट १५ लाख र रघुगङ्गा गाउँपालिकाबाट २० लाख रुपैयाँ बजेट विनियोजन भएको उपभोक्ता समितिका अध्यक्ष विप्रसाद पुनले जानकारी दिनुभयो ।

दर्मीजा प्रभावित क्षेत्र रहेको माथिल्लो राहुघाट जलविद्युत् आयोजनाको प्रवद्र्धक तुदी पावर कम्पनीले रु पाँच लाख सहयोग गरेको छ । आयोजनाको सामाजिक उत्तरदायित्व कार्यक्रममार्फत थप रु तीन लाख विनियोजन भएको वडाध्यक्ष पविन गर्बुजाले बताउनुभयो ।

निर्माण सुरु भएको तीन वर्षमा भवन सम्पन्न भएको हो । भवन निर्माण भएपछि भेला, बैठक, छलफल, सांस्कृतिक कार्यक्रम आयोजना गर्न सहज भएको छ । विवाह, छेवार, किरियालगायत संस्कारगत कार्य र भोजभतेरका लागि टहरा बनाउनुपर्ने समस्या हटेको छ ।

दर्मीजामा १०० घरपरिवारको बसोबास छ । यसअघि पञ्चायतकालमा निर्माण भएको भवन सामुदायिक भवन जीर्ण बनेपछि त्यसलाई भत्काएर नयाँ निर्माण गरिएको हो । भवनको दर्मीजाका ज्येष्ठ नागरिक पदमबहादुर गर्बुजा र प्रतिनिधिसभाका निर्वतमान सांसद खमबहादुर गर्बुजा (खम्बिर)ले शुक्रबार उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारी, पूर्वसांसद विनोद केसी, रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी, उपाध्यक्ष प्रेमकुमारी पुन लगायतको उपस्थिति रहेको थियो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग औपचारिक रुपमा सञ्चालन

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग औपचारिक रुपमा सञ्चालन

साउनको दोस्रो सोमबार: पशुपतिनाथमा बिहानैदेखि भक्तजनको घुइँचो

साउनको दोस्रो सोमबार: पशुपतिनाथमा बिहानैदेखि भक्तजनको घुइँचो

नागढुङ्गा-सिस्ने खोला सुरुङमार्गको आज औपचारिक उद्घाटन

नागढुङ्गा-सिस्ने खोला सुरुङमार्गको आज औपचारिक उद्घाटन

त्रिविको प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

त्रिविको प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

कञ्चनपुरमा भारतीय सहयोगमा विद्यालय भवन निर्माण सुरु

कञ्चनपुरमा भारतीय सहयोगमा विद्यालय भवन निर्माण सुरु

पार्टीलाई एकतावद्ध बनाउन असन्तुष्ट नेता सहितको कार्यदल-सभापति थापा

पार्टीलाई एकतावद्ध बनाउन असन्तुष्ट नेता सहितको कार्यदल-सभापति थापा

पूर्वाधारमा प्राविधिक त्रुटि र जल प्रवाह क्षेत्र अतिक्रमणले माइतीघर डुबान

पूर्वाधारमा प्राविधिक त्रुटि र जल प्रवाह क्षेत्र अतिक्रमणले माइतीघर डुबान