सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने काँग्रेसको निर्णय

सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने काँग्रेसको निर्णय

काठमाडौँ — नेपाली कांग्रेसले सभापति गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

पार्टी मुख्यालय सानेपामा आज बसेको केन्द्रीय  कार्यसमितिको बैठकले पार्टी सभापति थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

देशको प्रधानमन्त्री काँग्रेसले कसलाई बनाउँछ भन्ने विषयमा मतदातालाई सजिलो होस् भनेर थापालाइ काँग्रेसको तर्फबाट भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर निर्वाचनमा जाने निर्णय गरिएको उपसभापति विश्वप्रकाश शर्माले बताउनु भयो ।

थापालई ५ वटा मापदण्डको आधारमा भावी प्रधानमन्त्रीको उम्मेदवार तय गरेको उपसभापति शर्माले जानकारी दिनुभयो ।

व्यक्तिको पृष्ठभूमि, संस्कार, योगदान, योग्यता र भिजनका आधारमा थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरिएको उपसभापति शर्माको भनाइ छ ।

शर्माले नै बैठकमा सभापति  थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने प्रस्ताव पेस गर्नु भएको थियो ।

यस्तै एमालेबाट भावी प्रधानमन्त्रीको रूपमा अध्यक्ष केपी ओली, रास्वपाबाट वरिष्ठ नेता बालेन शाहलाई अघि सारिएको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

सरकारी अस्पतालको ओपीडी सेवा शनिबार र आइतबार दुवै दिन बन्द रहने

सरकारी अस्पतालको ओपीडी सेवा शनिबार र आइतबार दुवै दिन बन्द रहने

इजरायल र लेवनानबीच १० दिने युद्धविराम सम्झौता कार्यान्वयनमा

इजरायल र लेवनानबीच १० दिने युद्धविराम सम्झौता कार्यान्वयनमा

संसदीय दलको नेता चयन गर्न काँग्रेस सांसदहरुको बैठक बस्दै

संसदीय दलको नेता चयन गर्न काँग्रेस सांसदहरुको बैठक बस्दै

मातातीर्थ औँसीमा प्रधानमन्त्री शाहद्वारा आमाहरूप्रति सम्मान व्यक्त

मातातीर्थ औँसीमा प्रधानमन्त्री शाहद्वारा आमाहरूप्रति सम्मान व्यक्त

आजका लागि कृषिउपजको थोक मूल्य

आजका लागि कृषिउपजको थोक मूल्य

मातातीर्थमा मातृभक्तको भीड – सार्वजनिक सेवा प्रसारण संस्था

मातातीर्थमा मातृभक्तको भीड – सार्वजनिक सेवा प्रसारण संस्था

बिस्केट जात्राको इतिहासमै पहिलोपटक महिलाले ताने नकिजु अजिमा (भद्रकाली)को रथ

बिस्केट जात्राको इतिहासमै पहिलोपटक महिलाले ताने नकिजु अजिमा (भद्रकाली)को रथ