शुरक्षा निकाय बन्दुक बोकेको शक्ति मात्र होइन सेवाको अनुहार र अनुशासनको प्रतीक हुन- राष्ट्रपति

शुरक्षा निकाय बन्दुक बोकेको शक्ति मात्र होइन सेवाको अनुहार र अनुशासनको प्रतीक हुन- राष्ट्रपति

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षा निकायको धर्म भनेकै शान्ति सुरक्षा कायम गरी मुलुक र जनताको सर्वोत्तम हितका लागि काम गर्नु हो भन्नुभएको छ ।

राष्ट्रपति पौडेलले २५ औँ सशस्त्र प्रहरी दिवस –२०८२ का अवसरमा आज सशस्त्र प्रहरी बल नेपालको केन्द्रीय कार्यालय हलचोकमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सो धारणा व्यक्त गर्नुभएको हो । उहाँले यसले उच्च व्यावसयिक सीप, क्षमता र कौशलको माध्यमबाट राष्ट्रहितलाई सर्वोपरि राखेर जनताको स्वतन्त्रता, स्वाभिमान र सम्पत्तिको सुरक्षा गर्दै प्रदान गरेको सेवा प्रशंसनीय छ भन्नुभयो ।

“ जब राष्ट्रमा सङ्कट पर्छ, विपद् आइलाग्छ, सीमामा चुनौती थपिन्छ र जब राज्यको अर्थतन्त्र कमजोर हुन थाल्छ सबैभन्दा अगाडि उभिने तपाईँहरू नै हो । वास्तवमा, सुरक्षा निकायको धर्म भनेकै शान्ति सुरक्षा कायम गरी मुलुक र जनताको सर्वोत्तम हितका लागि काम गर्नु हो ।
उहाँले आगामी निर्वाचन हाम्रो संविधान, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, स्थायित्व, सुशासन र विकाससँग जोडिएको छ भन्नुभयो । “राजनीतिक दलसहित सबैको निर्वाचन प्रक्रियामा देखिएको चासो र उल्लासमय सहभागितासँगै यसलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्ने कार्यमा सघाउन सुरक्षा निकायले कुनै कसर बाँकी राख्ने छैन भन्ने मैले पूर्ण विश्वास लिएको छु”, राष्ट्रपति पौडेलले भन्नुभयो ।
उहाँले संविधान, लोकतन्त्र र जनताको भरोसा नै यो सङ्गठनको सबैभन्दा ठूलो शक्ति हो भन्दै नागरिकको आँखामा देखिने विश्वास र राष्ट्रको मनमा बस्ने गर्व यसको साँचो परिचय बनिरहने विश्वास व्यक्त गर्नुभयो । सङ्क्रमणकालीन अवस्थाको पहिलो संविधान सभाको निर्वाचन २०६४ मा नेतृत्वदायी भूमिका र त्यसपछिका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न यस सङ्गठनले मिलाएको सुरक्षा प्रबन्ध र व्यवस्थापनमा खेलेको भूमिका नागरिकले सधैँ स्मरण गर्ने उहाँको भनाई थियो ।

“यो सङ्गठन बन्दुक बोकेको शक्ति मात्र होइन, सेवाको अनुहार, अनुशासनको प्रतीक र राष्ट्रप्रतिको निष्ठाको ज्वलन्त उदाहरण पनि हो । आजसम्मको यहाँहरूको त्याग, बलिदान र पसिनाको कदर गर्दै तपाईँहरूको ऊर्जा र विश्वास भविष्यमा पनि कायम रहनेछ भन्ने सबै नेपालीको अपेक्षा छ”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

उहाँले देश र जनताको सुरक्षा, संविधान, सङ्घीय लोकतान्त्रिक गणतन्त्र तथा राष्ट्रिय एकताको संरक्षणमा सशस्त्र प्रहरी बल नेपाल सधैं दृढताका साथ कर्तव्यपथमा अविश्राम अग्रसर रहिरहने विश्वास व्यक्त गर्नुभयो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार आवश्यक:

सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार आवश्यक:

परराष्ट्रमन्त्री खनाल सर्बिया जानुहुने – सार्वजनिक सेवा प्रसारण संस्था

परराष्ट्रमन्त्री खनाल सर्बिया जानुहुने – सार्वजनिक सेवा प्रसारण संस्था

बागमती प्रदेशसभाको बैठकमा आज मुख्यमन्त्री थापाले विश्वासको मत लिने

बागमती प्रदेशसभाको बैठकमा आज मुख्यमन्त्री थापाले विश्वासको मत लिने

बाजुराको सरकारी टोली बडीमालिका प्रस्थान

बाजुराको सरकारी टोली बडीमालिका प्रस्थान

प्रहरी महानिरीक्षक कार्की – सार्वजनिक सेवा प्रसारण संस्था

प्रहरी महानिरीक्षक कार्की – सार्वजनिक सेवा प्रसारण संस्था

भूमिसम्बन्धी समस्या समाधान गर्न तीनै तहको सरकार जिम्मेवार हुनुपर्छ: मन्त्री रावल

भूमिसम्बन्धी समस्या समाधान गर्न तीनै तहको सरकार जिम्मेवार हुनुपर्छ: मन्त्री रावल

अपाङ्गता भएका करिब एकचौथाइ बालबालिका विद्यालय शिक्षाबाट वञ्चित

अपाङ्गता भएका करिब एकचौथाइ बालबालिका विद्यालय शिक्षाबाट वञ्चित