संरचना नष्ट भएपछि बाल सुधार गृहका सबै बालबिज्याइँकर्ता हिरासतमा स्थानान्तरण

संरचना नष्ट भएपछि बाल सुधार गृहका सबै बालबिज्याइँकर्ता हिरासतमा स्थानान्तरण

भक्तपुर- भक्तपुरको सानोथिमिस्थित बाल सुधार गृह बस्ने नमिल्ने गरी ध्वस्त भएपछि यहाँ रहेका १६९ बालबिज्याइँकर्तालाई आजै भक्तपुर र काठमाडौँको जिल्ला प्रहरी परिसर अन्तर्गतका प्रहरी हिरासतमा स्थानान्तरण गरिएको छ ।

बिहीबार राति १० बजेदेखि करिब रातभर सुधार गृहमा भएको झडप, आगजनी र तोडफोडका कारण सुधार गृहमा तत्काल भित्र बस्नै नसक्ने गरी सबै संरचनामा क्षति पुगेपछि यहाँका बालबिज्याइँकर्तालाई प्रहरी हिरासतमा स्थानान्तरण गरिएको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिनुभयो । सुधार गृहमा रहेका बालबिज्याइँकर्तालाई आजै भक्तपुर र काठमाडौँका प्रहरी हिरासतमा बाल निगरानी कक्षमा रािखएको जानकारी दिँदै उहाँले यहाँ भएका क्षतिको विवरण लिने कार्य भइरहेको जानकारी दिनुभयो । सुधार गृहको क्षतिग्रस्त संरचना पुनर्निर्माण भएपछि प्रहरी हिरासतबाट सुधार गृहमै पठाइने उहाँले बताउनुभयो ।

प्रहरीका अनुसार राति भएको झडपमा आठ बालबिज्याइँकर्ता र २० प्रहरीसमेत घाइते भएका प्रहरी उपरीक्षक खड्काले जानकारी दिनुभयो । घाइते आठ बालबिज्याइँकर्तामध्ये नेपाल कोरिया मैत्री नगर अस्पतालमा सात जनाको उपचार गरी ‘डिस्चार्ज’ भएको तथा एक जनाको उपचार भइरहेको उहाँले बताउनुभयो ।

गएराति सुधार गृहमा बालबिज्याइँकर्ताले नै आगजनी गरेपछि भक्तपुरबाट गएको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । सुरक्षाका लागि प्रहरी वृत्त थिमिबाट गएको प्रहरीले झडप नियन्त्रण गर्न खोज्दा सुधार गृहभित्रबाटै प्रहरीमाथि ढुङ्गामुढा भएको थियो ।
सुधार गृहमा १८ वर्षभन्दा माथिका ८४ युवा रहेका र २४ बालिकासमेत रहेका थिए । अठार वर्ष उमेर नाघेपछि बालबिज्याइँकर्तालाई कारागान चलान गर्ने काननी व्यवस्था नहुँदा ३५ वर्ष सम्मका युवासमेत सुधार गृहमा बस्दै आएका छन् ।

सुधार गृहभित्र प्रहरी जान नपाउने, रासनको व्यवस्था गरिदिएपछि बालबिज्याइँकर्ता आफैँले पालो बनाएर खाना खाने गरेको, भित्रै पढ्ने व्यबस्था गरेको भए पनि उमेर छिप्पिकएका बालबिज्याइँकर्ता एकै ठाउँमा बस्दा यहाँ रहेका महिला बालबिज्याइँकर्ताको सुरक्षामा चुनौती थपिएको सुधार गृहका कर्मचारी बताउँछन् । यसअघि पनि सानोथिमिस्थित सुधार गृहमा तोडफोड, झडप र कुटपिट गर्ने एवं सुधार गृह तोडफोड गरी भागेको घटना पटक–पटक घटिरहेका छन् ।

सानोथिमि आसपासका बासिन्दाले भने सुधार गृहलाई बस्ती बीचबाट हटाउनुपर्ने माग गरेका छन् । सुधार गृहमा पटक-पटक हुने झडप, आगजनी, तोडफोड र ढुङ्गा हानाहानले स्थानीयमा त्रास फैलिएको सुधार गृह भित्रबाट हानेका ढुङ्गा स्थानीयवासीको घरमा लागेर क्षति पुग्ने गरेको भन्दै सुधार गृह स्थानान्तरण गर्न माग गरेका हुन् ।

Source link

संबधित खबर

धेरै पढ़िएको

समानुपातिक मतगणना अन्तिम चरणमा,यस्तो छ मतपरिणाम

समानुपातिक मतगणना अन्तिम चरणमा,यस्तो छ मतपरिणाम

आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकामा पाकिस्तानद्वारा बधाई

आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकामा पाकिस्तानद्वारा बधाई

वायु प्रदूषण बढ्दै गएपछि सतर्क रहन विज्ञहरुको आग्रह

वायु प्रदूषण बढ्दै गएपछि सतर्क रहन विज्ञहरुको आग्रह

नेप्से परिसूचक घटेपनि कारोबार भने २१ अर्ब भन्दा बढी

नेप्से परिसूचक घटेपनि कारोबार भने २१ अर्ब भन्दा बढी

समानुपातिक तर्फ रास्वपालाई ५० लाख बढी मत

समानुपातिक तर्फ रास्वपालाई ५० लाख बढी मत

आजका लागि कृषिउपजको थोक मूल्य

आजका लागि कृषिउपजको थोक मूल्य

व्यावसायिक फलफूलखेतीतर्फ भुल्केका किसानको आकर्षण

व्यावसायिक फलफूलखेतीतर्फ भुल्केका किसानको आकर्षण