राष्ट्रपति पौडेलद्वारा वसन्त श्रवण – सार्वजनिक सेवा प्रसारण संस्था

राष्ट्रपति पौडेलद्वारा वसन्त श्रवण – सार्वजनिक सेवा प्रसारण संस्था

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले श्रीपञ्चमी (वसन्तपञ्चमी) का अवसरमा आज बिहान हनुमानढोका दरबारस्थित नासलचोकमा आयोजित विशेष समारोहमा वसन्त श्रवण गर्नुभएको छ ।

त्यस अवसरमा हनुमानढोका हेरचाह अड्डाका मूल पुरोहितले राष्ट्रपति पौडेललाई अभिषेक, टीका, माला र फूलप्रसाद प्रदान गर्नुभएको थियो । राष्ट्रपति पौडेलले विद्याकीदेवी सरस्वतीको पूजाआराधना गर्नुभएको थियो भने नेपाली सेनाको एक टुकडीले उहाँको सम्मानमा सलामी अर्पण गरेको थियो ।

समारोहमा प्रथम महिला सबिता पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशील कार्की, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीहरू, संवैधानिक निकायका प्रमुख, काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोललगायत विशिष्ट महानुभावहरूको उपस्थिति थियो ।

वसन्त पञ्चमीका अवसरमा विद्याकीदेवी सरस्वतीको पूजाआराधना गरिने प्रचलन छ । यस अवसरमा वसन्त श्रवण गरेमा सुख, शान्ति र समृद्धि प्राप्त हुने विश्वास रहेको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षा

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षा

बाढीका कारण हालसम्म १५७ जनाको मृत्यु

बाढीका कारण हालसम्म १५७ जनाको मृत्यु

र्‍यापिड एक्सन टिम’ गठन, खोज तथा उद्धार तीव्र

र्‍यापिड एक्सन टिम’ गठन, खोज तथा उद्धार तीव्र

बाढीमा परी घाइते भएकाको काठमाडौँस्थित विभिन्न अस्पतालमा उपचार जारी

बाढीमा परी घाइते भएकाको काठमाडौँस्थित विभिन्न अस्पतालमा उपचार जारी

बाढीका कारण हालसम्म १५७ जनाको मृत्यु

बाढीमा परेका १९ जनाको शव फेला,ठूलो संख्यामा नागरिकहरु वेपत्ता

राष्ट्रपतिद्वारा उद्धार, खोज र राहतमा सबै संयन्त्र परिचालन गर्न प्रधानमन्त्रीलाई आग्रह

राष्ट्रपतिद्वारा उद्धार, खोज र राहतमा सबै संयन्त्र परिचालन गर्न प्रधानमन्त्रीलाई आग्रह

बाढीमा परेका ९५ जनाको शव फेला

बाढीमा परेका ९५ जनाको शव फेला