उम्मेदवारलाई आज निर्वाचन चिह्न प्रदान गरिने

उम्मेदवारलाई आज निर्वाचन चिह्न प्रदान गरिने

काठमाडौँ- प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो १ बजेसम्म नाम फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन कार्यतालिकाअनुसार आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्नेछन् । यस्तै आजै दिनको १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । आयोगका अनुसार अपराह्न ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रमअनुसार माघ ७ गते दाबीविरोधमा उजुरी दिने अवधि तोकिएको थियो । त्यस दिन बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मका लागि समय तोकिएको छ । सोही दिन दिउँसो ३ बजेदेखि बिहीबार बेलुका ५ बजेसम्ममा मनोनयनपत्र र उजुरीउपर जाँचबुझ एवं निर्णय गरी उम्मेदवारको नामावली प्रकाशन गरिएको छ ।

देशभरका एक सय ६५ निर्वाचन क्षेत्रमा तीन हजार ४८६ उम्मेदवारी दर्ता भएको छ । यही माघ ६ गते देशभर एकैपटक मनोनयनपत्र दर्ता सम्पन्न भएको हो । कुल उम्मेदवारीमध्ये तीन हजार ८९ पुरुष, तीन सय ९६ महिला तथा अन्य एक जना रहेका छन् ।

प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ गते हुँदैछ । कुल दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीमार्फत एक सय १० जना र प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत एक सय ६५ सदस्य निर्वाचित हुनेछन् ।

Source link

संबधित खबर

धेरै पढ़िएको

प्रतिनिधिसभाको बैठक सूचना टाँसेर भोलिसम्मका लागि स्थगित

प्रतिनिधिसभाको बैठक सूचना टाँसेर भोलिसम्मका लागि स्थगित

परीक्षामा जफत गरिएको मोबाइल नष्ट गरेपछि विद्यार्थी आन्दोलित

परीक्षामा जफत गरिएको मोबाइल नष्ट गरेपछि विद्यार्थी आन्दोलित

बिपक्षी दलहरुको अबरोधका कारण प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित

बिपक्षी दलहरुको अबरोधका कारण प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित

रास्वपा सभापति लामिछानेले आह्वान गरेको सर्बदलीय बैठक सिंहदरवारमा

रास्वपा सभापति लामिछानेले आह्वान गरेको सर्बदलीय बैठक सिंहदरवारमा

शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो

शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

नगरपालिका भवन पुनर्निर्माण नहुँदा काममा बाधा

नगरपालिका भवन पुनर्निर्माण नहुँदा काममा बाधा