Notice: Function Elementor\Core\Experiments\Manager::warn_removed_or_hidden_dependency was called incorrectly. Feature mega-menu depends on hidden experiment nested-elements. Please see Debugging in WordPress for more information. (This message was added in version 4.3.4.) in /home/khabarofnepal/public_html/wp-includes/functions.php on line 6260

Warning: Cannot modify header information - headers already sent by (output started at /home/khabarofnepal/public_html/wp-includes/functions.php:6260) in /home/khabarofnepal/public_html/wp-content/plugins/post-views-counter/includes/class-counter.php on line 1053
एउटै पालिकाबाट छ जना उम्मेदवारः महिला शून्य – Khabarofnepal

एउटै पालिकाबाट छ जना उम्मेदवारः महिला शून्य

गलेश्वर (म्याग्दी)- आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा एउटै पालिका (स्थानीय तह) बाट छ जनाले उम्मेदवारी दिएका छन् ।

मङ्गलबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमार्फत विभिन्न राजनीतिक दल र स्वतन्त्रका तर्फबाट उम्मेदवारी (मनोनयन) दर्ता गराउने दुई स्वतन्त्रसहित १३ जनामध्ये छ जना बेनी नगरपालिकाका रहनुभएको छ । त्यसैगरी एउटै वडाका दुई जनाले उम्मेदवारी दिनुभएको छ । म्याग्दीमा कुनै पनि महिलाले उम्मेदवारी दर्ता गराएका छैनन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को तर्फबाट उम्मेदवारी दिनुभएका हरिकृष्ण श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बन्नुभएका युवराज रोका, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवारी दिनुभएका डम्मरबहादुर सुवेदी, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट देवेन्द्र कामी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को तर्फबाट क्षेत्रबहादुर घिमिरे (धु्रव) र स्वतन्त्र उम्मेदवार बन्नुभएका नवीन जिसी बेनी नगरपालिकाका स्थायी बासिन्दा हुनुहुन्छ ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को तर्फबाट उम्मेदवारी दर्ता गराउनुभएका क्षेत्रबहादुर घिमिरे (धु्रव) र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवारी दर्ता गराउनुभएका डम्बरबहादुर सुवेदी बेनी नगरपालिका–२ ज्यामरुककोटका हुनुहुन्छ । एमालेको तर्फबाट उम्मेदवारी दर्ता गराउनुभएका हरिकृष्ण श्रेष्ठ र प्रगतिशील लोकतान्त्रिक पार्टीबाट उम्मेदवार बन्नुभएका देवेन्द्र कामी बेनी नगरपालिका–७ र राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवारी दर्ता गराउनुभएका युवराज रोका बेनी नगरपालिका–४ र स्वतन्त्र उम्मेदवार नवीन जिसी बेनी नगरपालिका–८ का हुनुहुन्छ ।

त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार कर्णबहादुर भण्डारी रघुगङ्गा गाउँपालिका र स्वतन्त्र उम्मेदवारी दिनुभएका डा महावीर पुन अन्नपूर्ण गाउँपालिकाका हुनुहुन्छ । नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवारी दिनुभएका अर्जुनबहादुर थापा धवलागिरि गाउँपालिकाका हुनुहुन्छ ।

यता म्याग्दीबाट मनोनयन दर्ता गराएका १३ जनाकै उम्मेदवारी कायम रहेको छ । बुधबारका लागि तोकिएको दाबीविरोध वा उजुरीको समयावधिमा कसैको पनि उजुरी नपरेपछि सबै जनाको उम्मेदवारी कायम रहेको सहायक जिल्ला निर्वाचन अधिकृत जगतबहादुर भण्डारीले जानकारी दिनुभयो । नेसनल रिपब्लिक नेपालका तुलप्रसाद गर्बुजा (तार्जन) ले आफ्नो उम्मेदवारी फिर्ता लिँदै स्वतन्त्र उम्मेदवार डा महावीर पुनलाई समर्थन गर्नुभएको छ । यद्यपि जिल्ला निर्वाचन कार्यालयबाट उम्मेदवारी फिर्ता भने बिहीबार साँझसम्म लिनुभएको छैन ।

बिहीबार एक विज्ञप्ति प्रकाशित गरी प्रतिनिधिसभा सदस्यका लागि आफूले दिएको उम्मेदवारी फिर्ता लिएर स्वतन्त्र उम्मेदवार डा पुनलाई समर्थन गरेको जनाउनुभएको हो । एउटामात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा निर्वाचनका लागि कुल ८६ हजार ३९७ मतदाता कायम भएका छन् । एक नगरपालिका र पाँच गाउँपालिकामा समेटिएको प्रतिनिधिसभामा एक निर्वाचन क्षेत्र रहेको म्याग्दीमा अन्य एक जना, महिला ४४ हजार ६४ र पुरुष ४२ हजार ३३२ मतदाता रहेका छन् । निर्वाचनका लागि जिल्लामा ८२ वटा मतदानस्थल र १२० मतदान केन्द्र कायम गरिएको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

Udta Teer Day 1 Collection | Udta Teer Opening Day Collection | Udta Teer Day 2 Collection LIVE | Udta Teer Today Collection (October 24, 2026) | Udta Teer Total Collection | Udta Teer Opening Weekend Report

Box Office: Pehla Pyaar Doosri Baar opens with Rs 50 lakh, double of Tum Mere Ho’s first day collection

Why Holland Taylor Left Two and a Half Men Contract, Details Paycheck

Salaar 2 News Back on The Radar on Prabhas’s Birthday

Aura India Tour: Diljit Dosanjh Takes Jibe At Debate Around Delhi Concert After He Gets Clearance From Police

Udta Teer Opening Day Box Office Collections: Ayushmann Khurrana and Sara Ali Khan starrer spy comedy collects Rs 3.75 crore on Day 1

Knicks, MSG Respond to Championship Ring Drama, Phishing Test Backlash