सामान्य अंकले बढ्यो नेप्से, कारोवार रकममा पनि सुधार

सामान्य अंकले बढ्यो नेप्से, कारोवार रकममा पनि सुधार

काठमाडौँ- आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक नौ दशमलव २३ अङ्कले बढेको छ । नेप्से परिसूचक नौ दशमलव २३ अङ्कले बढेर दुई हजार ७१४ दशमलव ६१ को विन्दुमा कायम भएको छ । आज नेप्सेमा सूचीकृत मध्ये ३३२ वटा कम्पनीको १ करोड ९० लाख ७५ हजार ७५६ कित्ता सेयर ९ अर्ब ७ करोड ३९ लाख रुपैयाँ बढीमा कारोबार भएको छ ।

आज १६२ कम्पनीको शेयर मूल्य बढेको छ । दश कम्पनी स्थिर रहँदा ८८ कम्पनीको शेयर मूल्य घटेको छ । आज एसवाई प्यानल, श्रीनगर एग्रिटेक र त्रिशुली जलविद्युत् कम्पनीको शेयर मूल्यमा सकारात्म्क सर्किट लागेको छ । कालिका पावर कम्पनी लिमिटेडको शेयर मूल्य आज सबैभन्दा बढी छ दशमलव २५ प्रतिशतले घटेको छ ।

आज बैंकिङ समूह शून्य दशमलव ३१ र व्यापार समूह एक दशमलव १५ प्रतिशत घटेको छ भने बाँकी सबै समूहका उपसूचक बढेको छ । आज सबैभन्दा बढी फाइनान्स समूह दुई दशमलव ३८ प्रतिशत बढेको हो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन

बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि…

बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि…

भोटेकोशी बाढीपछि नेपाल–चीन सीमा क्षेत्रमा राष्ट्रिय झण्डा पुनर्स्थापित

भोटेकोशी बाढीपछि नेपाल–चीन सीमा क्षेत्रमा राष्ट्रिय झण्डा पुनर्स्थापित

रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

प्रधानमन्त्री – सार्वजनिक सेवा प्रसारण संस्था

प्रधानमन्त्री – सार्वजनिक सेवा प्रसारण संस्था

नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति