दश वर्षको प्रतीक्षापछि आमाको नामबाट नागरिकता

दश वर्षको प्रतीक्षापछि आमाको नामबाट नागरिकता

म्याग्दी- बेनी नगरपालिका–७ का समिर खान र यास्मिन बेगमले एक दशकको प्रतीक्षापछि आमाको नामबाट नागरिकता प्राप्त गर्नुभएको छ ।

जिल्ला प्रशासन कार्यालयले मङ्गलबार समिर र यास्मिनलाई आमा मनिरजा बेगमका नामबाट नागरिकता उपलब्ध गराएको हो । नागरिकताका लागि समीरले ११ वर्ष र यास्मिनले आठ वर्षअघि प्रशासनदेखि गृह मन्त्रालयसम्म सबै प्रक्रिया पूरा गरेर आवेदन पेस गर्नुभएको थियो ।

नागरिकता ऐन, २०६३ को दोस्रो संशोधन तथा नियमावलीको चौथो संशोधनपछि समीर र यास्मिनलाई आमाका नामबाट नागरिकता प्रदान गरिएको सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले बताउनुभयो ।

समीर र यास्मिनका आमा मनिरजा नेपाली हुनुहुन्छ भने उहाँका श्रीमान् सलिम खान भारतको कलकत्ताका हुनुहुन्छ । ३४ वर्षअघि विवाह भए पनि मनिरजाले बेनीमा शृङ्गार व्यवसाय गर्दै आउनुभएको छ । श्रीमान् सलिमले भारतको नागरिकता त्यागिसक्नुभएको छ । उहाँले विसं २०५२ र २०६४ मा नेपालमा भएका निर्वाचनमा मतदानसमेत गरिसकेको बताउनुभयो ।

समीर र यास्मिनको साबिक अर्थुङ्गे गाविसमा जन्मदर्ता छ । दुवैले उच्च शिक्षा हासिल गरे पनि नागरिकता नपाएका कारण पेसा, व्यवसाय गर्न र जागिर खान तथा वैदेशिक रोजगारीमा जानबाट वञ्चित हुनुपरेको थियो । नागरिकता प्राप्त भएपछि बल्ल नागरिक भएको महसुस गरेको समीर र यास्मिनको प्रतिक्रिया छ ।

नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ राजपत्रमा प्रकाशन गरेसँगै नागरिकता ऐन २०६३ को व्यवस्था कार्यान्वयनमा आएको हो । यसअघि पुस २९ गते मालिका गाउँपालिका–५ देविस्थानकी २२ वर्षीया सीमा पुनलाई जिल्लामै पहिलोपटक आमाका नामबाट नागरिकता प्रदान गरिएको थियो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

बाढीका कारण हालसम्म १५७ जनाको मृत्यु

बाढीका कारण हालसम्म १५७ जनाको मृत्यु

र्‍यापिड एक्सन टिम’ गठन, खोज तथा उद्धार तीव्र

र्‍यापिड एक्सन टिम’ गठन, खोज तथा उद्धार तीव्र

बाढीमा परी घाइते भएकाको काठमाडौँस्थित विभिन्न अस्पतालमा उपचार जारी

बाढीमा परी घाइते भएकाको काठमाडौँस्थित विभिन्न अस्पतालमा उपचार जारी

बाढीका कारण हालसम्म १५७ जनाको मृत्यु

बाढीमा परेका १९ जनाको शव फेला,ठूलो संख्यामा नागरिकहरु वेपत्ता

राष्ट्रपतिद्वारा उद्धार, खोज र राहतमा सबै संयन्त्र परिचालन गर्न प्रधानमन्त्रीलाई आग्रह

राष्ट्रपतिद्वारा उद्धार, खोज र राहतमा सबै संयन्त्र परिचालन गर्न प्रधानमन्त्रीलाई आग्रह

बाढीमा परेका ९५ जनाको शव फेला

बाढीमा परेका ९५ जनाको शव फेला

भोटेकोशी बाढीबारे बिहीबार रास्वपा सभापति लामिछानेकोआह्वानमा सर्वदलीय बैठक

भोटेकोशी बाढीबारे बिहीबार रास्वपा सभापति लामिछानेकोआह्वानमा सर्वदलीय बैठक