बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपालको अध्यक्षमा श्रेष्ठ

बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपालको अध्यक्षमा श्रेष्ठ

काठमाडौँ- बैंक तथा वित्तीय संस्था परिसङ्घ, नेपाल (सिबिफिन) ले नयाँ नेतृत्व पाएको छ । सिबिफिनको अध्यक्षमा हिमालयन बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको हो ।

परिसङ्घका कार्यवाहक अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा मङ्गलबार बसेको कार्यसमितिको १५औँ बैठकले श्रेष्ठलाई अध्यक्षका रूपमा चयन गरेको सिबिफिनका महानिर्देशक महानिर्देशक रोशन कोइरालाले जानकारी दिनुभयो ।

निर्वतमान अध्यक्ष उपेन्द्र पौडेल नबिल बैंकको गत पुसमा सम्पन्न साधारणसभाबाट सञ्चालक समितिका रूपमा नरहेपछि उक्त पद रिक्त भएको थियो । सिबिफिनको विधानअनुसार कार्यसमितिको पदाधिकारी वा सदस्य निजले प्रतिनिधित्व गर्ने बैंक तथा वित्तीय संस्थाको सञ्चालक समितिबाट बहिर्गमन भएसँगै सिबिफिन कार्यसमितिमा बहाल पद स्वतः समाप्त हुने व्यवस्था छ । नेपाली बैंकिङ क्षेत्रमा दुई दशकभन्दा बढी समयदेखि क्रियाशील रहँदै आउनुभएका श्रेष्ठ यसअघि महासचिव हुनुहुन्थ्यो ।

त्यसैगरी नवनियुक्त अध्यक्ष श्रेष्ठको अध्यक्षतामा बसेको कार्यसमितिको १६औँ बैठकले सिबिफिनको महासचिवमा एनएमबी बैंकका अध्यक्ष मनोजकुमार गोयल तथा कोषाध्यक्षमा लक्ष्मी सनराईज बैंकका अध्यक्ष रमण नेपाललाई सर्वसम्मत मनोनित गरेको छ ।

सिबिफिनको विधानअनुसार कार्यसमितिको पदाधिकारी पद रिक्त हुन आएमा कार्यसमितिमै बहाल रहेका सम्बन्धित समूहका सदस्यहरुमध्येबाट मनोनित गर्ने र सो सम्भव नभएमा सदस्य बैंक तथा वित्तीय संस्थाका अध्यक्षमध्येबाट मनोनित गर्ने व्यवस्थाबमोजिम अध्यक्ष, महासचिव र कोषाध्यक्ष पदमा मनोनित गरिएको जनाइएको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

लुम्बिनी प्रदेश सरकारबाट बाहिरिदै कांग्रेस,मन्त्रीहरुले सामूहिक राजीनामा दिने

लुम्बिनी प्रदेश सरकारबाट बाहिरिदै कांग्रेस,मन्त्रीहरुले सामूहिक राजीनामा दिने

नारायणी नदी तीव्र गतिमा तटबन्धन निर्माण गरिँदै

नारायणी नदी तीव्र गतिमा तटबन्धन निर्माण गरिँदै

नेपालको जलस्रोत’ सार्वजनिक, जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउन उपेन्द्र यादवको आग्रह

नेपालको जलस्रोत’ सार्वजनिक, जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउन उपेन्द्र यादवको आग्रह

अमेरिकाले इरानमाथिको आक्रमण रोक्यो, कारणबारे फरक–फरक रिपोर्ट

अमेरिकाले इरानमाथिको आक्रमण रोक्यो, कारणबारे फरक–फरक रिपोर्ट

आर्थिक बर्षको अन्त्यमा हतारको खर्च,पहिले भुक्तानी काम पछि

आर्थिक बर्षको अन्त्यमा हतारको खर्च,पहिले भुक्तानी काम पछि

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

नेकपाको नेतृत्वमा कर्णाली सरकार गठन हुने

नेकपाको नेतृत्वमा कर्णाली सरकार गठन हुने