पूर्व प्रधानमन्त्री नेपालको उम्मेदवारी खारेजको माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी

पूर्व प्रधानमन्त्री नेपालको उम्मेदवारी खारेजको माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी

रौतहट- पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका नेता माधव कुमार नेपालको उम्मेदवारी खारेज गर्नुपर्ने माग गर्दै रौतहट क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार राम नरेश यादवले निर्वाचन अधिकृतको कार्यालय गौरमा  उजुरी दर्ता गराएका छन्।

पतञ्जलि योगपीठको जग्गा प्रकरणमा भ्रष्टाचार गरेको आरोपमा माधव कुमार नेपालविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर भई हाल विचाराधीन अवस्थामा रहेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ महिनामा उक्त प्रकरणमा भ्रष्टाचार गरेको आरोपसहित विशेष अदालतमा मुद्दा दायर गरेपछि माधव कुमार नेपालको प्रतिनिधि सभा सदस्य पद निलम्बन भएको थियो।

राम नरेश यादवले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १७ बमोजिम भ्रष्टाचार मुद्दा दायर भई निलम्बित अवस्थामा रहेका व्यक्ति निर्वाचन लड्न अयोग्य हुने व्यवस्था रहेको उल्लेख गर्दै नेपालको उम्मेदवारी खारेज गर्नुपर्ने मागसहित उजुरी दर्ता गराएको बताएका छन्।

माधव कुमार नेपाल २०७९ को निर्वाचनमा रौतहट क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए। भ्रष्टाचार मुद्दा अदालतमा विचाराधीन नै रहेको अवस्थामा उनले पुनः यही क्षेत्रबाट प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन्। हिजो उनले नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट रौतहट क्षेत्र नं. १ बाट उम्मेदवारी दर्ता गराएका थिए।

उक्त उजुरीपछि निर्वाचन अधिकृतको कार्यालयले आवश्यक कानुनी प्रक्रिया अनुसार विषयवस्तु अध्ययन गरी निर्णय गर्ने जनाएको छ।

Source link

संबधित खबर

धेरै पढ़िएको

बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो

बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो

परराष्ट्रमन्त्री खनाल बेइजिङमा – सार्वजनिक सेवा प्रसारण संस्था

परराष्ट्रमन्त्री खनाल बेइजिङमा – सार्वजनिक सेवा प्रसारण संस्था

दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था

दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था

लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी

लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी

परराष्ट्रमन्त्री खनाल चीन प्रस्थान – सार्वजनिक सेवा प्रसारण संस्था

परराष्ट्रमन्त्री खनाल चीन प्रस्थान – सार्वजनिक सेवा प्रसारण संस्था

बन्द हुँदै चिया उद्योग, समस्यामा किसान

बन्द हुँदै चिया उद्योग, समस्यामा किसान

पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षाको सम्भावना

पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षाको सम्भावना