खोटाङमा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता

खोटाङमा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता

खोटाङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि खोटाङमा १५ जनाको उम्मेदवारी दर्ता भएको छ । प्रतिनिधिसभातर्फ एउटा मात्र निर्वाचन क्षेत्र रहेको खोटाङमा आगामी निर्वाचनका लागि दुई स्वतन्त्रसहित १५ जनाले उम्मेदवारी दर्ता गराउनुभएको हो ।

मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीका अनुसार नेपाली कांग्रेसबाट वीरकाजी राई, नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट देवबिक्रम राई, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट डा हरि रोका, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट रुद्र गिरी, जनता समाजवादी पार्टी (जसपा)बाट राकेश राई र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट दीपक तामाङले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

यस्तै जनता समाजवादी पार्टी नेपालबाट सुनिल चाम्लिङ, श्रम संस्कृति पार्टीबाट आरेन राई, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट चन्द्र बुढाथोकी, नेपाल मदजुर किसान पार्टीबाट ध्यानप्रसाद ढकाल, राष्ट्रिय परिवर्तन पार्टीबाट मिरेश राई, मङ्गोल नेशनल अर्गनाइजेशन पार्टीबाट प्रयाग राई र मितेरी पार्टी नेपालबाट केशरमान चाम्लिङले उम्मेदवारी दर्ता गराउनुभएको मुख्य निर्वाचन अधिकृत पराजुलीले जानकारी दिनुभयो ।

जिल्लाबाट डा राजकुमार राई र तीलकचन्द्र राईले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ । स्वतन्त उम्मेदवारी दर्ता गराउनुभएका डा राई नेपाली कांग्रेस परित्याग गरेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरे लगत्तै जिल्ला सभापतिमा पराजित हुनुभएको थियो । निर्वाचनका लागि जिल्लामा १३६ मतदानस्थल तथा १९५ मतदान केन्द्र निर्धारण गरिएको छ । खोटाङमा एक लाख ४७ हजार १२० मतदाता कायम भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख रविन मगरले जानकारी दिनुभयो ।

विसं २०७९ को निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का रामकुमार राई विजयी हुनुभएको थियो । विसं २०७९ मा प्रदेश तथा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा समानुपातिकतर्फ एमालेले २४ हजार २७१, कांग्रेसले १८ हजार ६७२, तत्कालीन नेकपा (माओवादी केन्द्र)ले ११ हजार ८४५, नेकपा (एकीकृत समाजवादी)ले तीन हजार ३६, जनता समाजवादी पार्टीले दुई हजार २४८, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले एक हजार ४९७ र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक हजार २५५ मत प्राप्त गरेको थियो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

समानुपातिकतर्फ ५१ दलले कटाएनन् ‘थ्रेस होल्ड’

समानुपातिकतर्फ ५१ दलले कटाएनन् ‘थ्रेस होल्ड’

यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

नेप्से परिसूचक एक दशमलव ६४ प्रतिशतले घट्यो, कारोवार रकममा समेत गिरावट

नेप्से परिसूचक एक दशमलव ६४ प्रतिशतले घट्यो, कारोवार रकममा समेत गिरावट

कास्कीको रुपा गाउँपालिकामा एक लाख लिटर मह उत्पादन

कास्कीको रुपा गाउँपालिकामा एक लाख लिटर मह उत्पादन

निर्वाचनपश्चात् संविधानले सही बाटो समातेको छ : गृहमन्त्री

निर्वाचनपश्चात् संविधानले सही बाटो समातेको छ : गृहमन्त्री

मध्यपूर्व युद्ध र नेपालमा पर्नसक्ने आर्थिक प्रभाव

मध्यपूर्व युद्ध र नेपालमा पर्नसक्ने आर्थिक प्रभाव

रास्वपा सभापति लामिछानेविरुद्धको मुद्दामा पूर्ण सुनुवाइ हुने

रास्वपा सभापति लामिछानेविरुद्धको मुद्दामा पूर्ण सुनुवाइ हुने