चितवन–२ बाट रास्वपा सभापति लामिछानेको उम्मेदवारी

चितवन–२ बाट रास्वपा सभापति लामिछानेको उम्मेदवारी

चितवन –  यही फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रबि लामिछानेले चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँको उम्मेदवारी रास्वपा भरतपुर महानगर सभापति सीता ज्ञवालीमार्फत वारेसनामाबाट दर्ता गरिएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनका सहायक निर्वाचन अधिकृत देवीराम भण्डारीका अनुसार लामिछाने सहकारी ठगीसम्बन्धी मुद्दाका कारण जिल्ला अदालत पर्सामा उपस्थित रहनुपर्ने भएकाले प्रत्यक्ष रूपमा कार्यालयमा आउन नसकी वारेसनामामार्फत उम्मेदवारी दर्ता गरिएको हो । उहाँको प्रस्तावक विक्रम श्रेष्ठ र समर्थक रामजी ठकुरी रहनुभएको छ ।

चितवन निर्वाचन क्षेत्र नम्बर २ मा लामिछानेसँगै नेपाली काँग्रेसकी मिना खरेल, नेकपा एमालेका अश्बिन घिमिरे तथा नेपाल कम्युनिष्ट पार्टीका प्रताप गुरुङ चुनावी प्रतिस्पर्धामा उत्रिनुभएको छ ।यस्तै चितवन निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली काँग्रेसका राजेन्द्र प्रसाद बुर्लाकोटी, नेकपा एमालेका दावा दोर्जे लामा, नेपाल कम्युनिष्ट पार्टीका डा. कृष्णराज पन्त र राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

चितवन निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली काँग्रेसका टेकप्रसाद गुरुङ, नेकपा एमालेका शंकरराज थपलिया, नेपाल कम्युनिष्ट पार्टीकी रेनु दाहाल र राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम चुनावी मैदानमा उत्रिनुभएको छ । ४ लाख ४२ हजारभन्दा बढी मतदाताआसन्न प्रतिनिधि सभा निर्वाचनका लागि चितवन जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा कुल ४ लाख ४२ हजार ८२ जना मतदाता रहेका छन् । जिल्ला निर्वाचन कार्यालय चितवनका अनुसार तीमध्ये २ लाख १७ हजार ३१४ जना पुरुष, २ लाख २४ हजार ७६६ जना महिला तथा २ जना तेस्रो लिङ्गी मतदाता रहेका छन् ।

जिल्लाभर १६२ वटा मतदान स्थल र ४९४ वटा मतदान केन्द्र तोकिएका छन् । निर्वाचन कार्यालय चितवनका प्रमुख भिमशेन कार्कीका अनुसार प्रतिनिधि सभा निर्वाचन २०७९ को तुलनामा यस पटक ३३ हजार ७४० जना नयाँ मतदाता थपिएका छन् भने ३४ वटा मतदान केन्द्र पनि वृद्धि भएका छन् ।क्षेत्रगत मतदाता विवरण निर्वाचन क्षेत्र नम्बर १ मा १ लाख ४९ हजार ६२१ जना मतदाता रहेका छन् । यसमा ७६ हजार ७६१ जना पुरुष र ७२ हजार ८६० जना महिला रहेका छन् । यस क्षेत्रमा ५६ वटा मतदान स्थल र १६८ वटा मतदान केन्द्र छन् ।

निर्वाचन क्षेत्र नम्बर २ मा १ लाख ३७ हजार १५२ जना मतदाता छन् । तीमध्ये ६७ हजार ८५७ जना पुरुष, ६९ हजार २९४ जना महिला तथा १ जना तेस्रो लिङ्गी मतदाता रहेका छन् । यहाँ ४८ वटा मतदान स्थल र १५२ वटा मतदान केन्द्र रहनेछन् ।निर्वाचन क्षेत्र नम्बर ३ मा १ लाख ५५ हजार ३०९ जना मतदाता रहेका छन् । यसमा ७५ हजार ६९६ जना पुरुष, ७९ हजार ६१२ जना महिला तथा १ जना तेस्रो लिङ्गी मतदाता रहेका छन् । यस क्षेत्रमा ६३ वटा मतदान स्थल र १७४ वटा मतदान केन्द्रबाट मतदान हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।२०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा चितवन जिल्लामा ४ लाख ८ हजार ३४२ जना मतदाता रहेका थिए ।

Source link

संबधित खबर

धेरै पढ़िएको

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान, विपद्को पूर्वतयारीमा जुट्न निर्देशन

असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान, विपद्को पूर्वतयारीमा जुट्न निर्देशन

रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट  १० अर्बको स्रोत सहमति

रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट  १० अर्बको स्रोत सहमति

शुक्रबारदेखि सोमबारसम्म भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

शुक्रबारदेखि सोमबारसम्म भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

स्वास्थ्य सेवामा समान पहुँच सुनिश्चित गर्न सांसदको माग

स्वास्थ्य सेवामा समान पहुँच सुनिश्चित गर्न सांसदको माग