धादिङमा पूर्वमुख्यमन्त्री पाण्डेदेखि सामाजिक अभियान्ता आशिका तामाङको मनोनयन

धादिङमा पूर्वमुख्यमन्त्री पाण्डेदेखि सामाजिक अभियान्ता आशिका तामाङको मनोनयन

धादिङ– फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि  जिल्लाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ बाट पूर्व मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले  उम्मेदवारी दर्ता गराउनु भएको छ । उहाँले नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट उम्मेदवारी दिनु भएको हो ।

यसै गरी नेपाल कम्युनिष्ट पार्टी एमालेको तर्फबाट भूमी प्रसाद त्रिपाठीले उम्मेदवारी दिनु भएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट आशिका तामाङले उम्मेदवारी दिनु भएको छ ।

नेपाली काँग्रेसको तर्फबाट कृष्ण रिजालले उम्मेदवारी दर्ता गराउनु भएको छ । पूर्वमुख्य मन्त्रीसमेत रहेका पाण्डे यसअघि सोही निर्वाचन क्षेत्र १ बाट नेपाल कम्युनिष्ट एकिकृत समाजवादी पार्टीको  तर्फबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनु भएको थियो।

यसै गरी निर्वाचन क्षेत्र नम्वर २ बाट भने  नेपाली काँग्रेसको तर्फबाट रमेश धमलाले आफ्नो उम्मेदवारी दर्ता गराउनु भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी एमालेको तर्फबाट घनवहादुर घलेले उममेदवारी दर्ता गराउनु भएको छ । भने सो पार्टीले चन्द्र रिजाल र घले दुबै जनालाई उम्मेदवारीका लागि टिकट दिए पछि केही समयमा विवाद समेत भएको थियो ।

२०७४ को  निार्वचनमा धादिङको क्षेत्र नम्वर २ निर्वाचन क्षेत्रबाट निर्वाचीत हुनु भएको थियो । यसैगरी राष्ट्रिय स्वतन्त्र पाटीृको तर्फबाट भने बोध नाराण श्रेष्ट राष्ट्रिय  प्रजातन्त्र पार्टीबाट सुरेश रिजाल र नेपाली कम्युनिष्ट पाटीृको तर्फबाट राम बहादुर भण्डारीले उम्मेदवारी दर्ता रागाउनु भएको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट क्षतिग्रस्त नेपाल टेलिकमको फाइबर नेटवर्क पुनः सञ्चालन

बाढीबाट क्षतिग्रस्त नेपाल टेलिकमको फाइबर नेटवर्क पुनः सञ्चालन

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा टेलिकमको रु. १० करोड सहयोग

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा टेलिकमको रु. १० करोड सहयोग

ऊर्जामन्त्री श्रेष्ठ र यूएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेट

ऊर्जामन्त्री श्रेष्ठ र यूएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेट

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

राष्ट्रपति पौडेलद्वारा पुनर्निर्माण र पुनःस्थापनालाई तीव्रता दिन सरकारको ध्यानाकर्षण

राष्ट्रपति पौडेलद्वारा पुनर्निर्माण र पुनःस्थापनालाई तीव्रता दिन सरकारको ध्यानाकर्षण