बेनी सामुदायिक विद्यालयमा ‘जन्मदिन अक्षयकोष’

बेनी सामुदायिक विद्यालयमा ‘जन्मदिन अक्षयकोष’

म्याग्दी– यहाँको सदरमुकाम बेनीस्थित बेनी सामुदायिक माध्यमिक विद्यालयले ‘जन्मदिन अक्षयकोष’ स्थापना गरेको छ ।

फजुल खर्च गरेर भड्किलो शैलीमा जन्मदिन मनाउने चलनलाई निरुत्साहित गरी विपन्न विद्यार्थीको पठनपाठनमा सघाउने उद्देश्यले स्थापना गरिएको सो कोषको आइतबार औपचारिक रुपमा घोषणा गरिएको हो ।

विद्यालयका प्रधानअध्यापक भीम घर्तीले शिक्षक, विद्यार्थी, अभिभावक, पूर्वविद्यार्थीहरुको जन्मदिनको अवसरमा कोषमा सङ्कलन हुने रकमको व्याजबाट विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री र पोसाकमा सहयोग गरिने जानकारी दिनुभयो । “एक हजार २७५ जना कूल विद्यार्थी रहेको हाम्रो विद्यालयका करिब १० प्रतिशत विद्यार्थीलाई गरिबी र परिवारको कमजोर आर्थिक अवस्थाका कारण कापी, कलम र पोसाकको व्यवस्था गर्न समस्या छ”, उहाँले भन्नुभयो, “भड्किलो शैलीमा जन्मदिन मनाउने खर्च बचाएर विपन्न विद्यार्थीको पठनपाठनमा सघाउन अक्षयकोषको व्याज परिचालन गरिनेछ ।”

२० लाख रुपैयाँको अक्षयकोष बनाउने उद्देश्य राखिएको कोषमा आइतबारसम्म करिब ७० हजार रुपैयाँ सङ्कलन भइसकेको छ । पञ्चवर्षीय शैक्षिक कार्ययोजनाअनुसार जन्मदिन अक्षयकोष स्थापना गरिएको विद्यालयले जनाएको छ ।

कक्षा १२ सम्म पठनपाठन हुने यस विद्यालयले विसं २०६९ को एसइई परीक्षामा देशभर उत्कृष्ट नतिजा ल्याएको थियो । पछिल्लो १५ वर्षयता एसइई उत्कृष्ट नतिजा हासिल गरेको बेनी सामुदायिकको शैक्षिक नतिजाले विद्यार्थीको चाप बढेको छ ।

अक्षयकोष घोषणा कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली (सुविन) ले बेनी सामुदायिक माविको शैक्षिक उचाइलाई घट्न नदिन शिक्षक, विद्यार्थी, अभिभावकले मेहनत तथा सरोकारवालाले साथ दिनुपर्ने बताउनुभयो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट क्षतिग्रस्त नेपाल टेलिकमको फाइबर नेटवर्क पुनः सञ्चालन

बाढीबाट क्षतिग्रस्त नेपाल टेलिकमको फाइबर नेटवर्क पुनः सञ्चालन

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा टेलिकमको रु. १० करोड सहयोग

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा टेलिकमको रु. १० करोड सहयोग

ऊर्जामन्त्री श्रेष्ठ र यूएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेट

ऊर्जामन्त्री श्रेष्ठ र यूएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेट

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

राष्ट्रपति पौडेलद्वारा पुनर्निर्माण र पुनःस्थापनालाई तीव्रता दिन सरकारको ध्यानाकर्षण

राष्ट्रपति पौडेलद्वारा पुनर्निर्माण र पुनःस्थापनालाई तीव्रता दिन सरकारको ध्यानाकर्षण