नदी किनारमा प्रचलित मापदण्डबाहेक थप २० मिटर क्षेत्र छोड्नुपर्ने सर्वोच्चको फैसला उल्टियो

नदी किनारमा प्रचलित मापदण्डबाहेक थप २० मिटर क्षेत्र छोड्नुपर्ने सर्वोच्चको फैसला उल्टियो

काठमाडौँ- सर्वोच्च अदालतले काठमाडौँ उपत्यकाकका बागमती र यसका अरु सहायक नदी किनारमा प्रचलित मापदण्डबाहेक थप २० मिटर क्षेत्र छोड्नुपर्ने यस अघिको फैसला उल्ट्याइदिएको छ ।

न्यायाधीशहरु सुनिलकुमार पोखरेल, बालकृष्ण ढकाल र नृपध्वज निरौलाको आज बसेको इजलासले यसअघिको संयुक्त इजलासको फैसला उल्टाएको हो । आजको पूर्ण इजलासले यसअघिको फैसला पुनरावलोकनमा गएको तत्कालीन सरकारको निवेदनमाथि सुनुवाई गर्दै यो आदेश दिएको हो ।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको भ्याकेटको निवेदनमाथि आज सुनुवाइ भएको थियो । काठमाण्डौं उपत्यकाको वागमती, विष्णुमतीलगायत नदी किनारामा २०–२० मिटर खाली छाडेर संरचना निर्माण गर्नुपर्ने २०८० पुस २० मा फैसला गरेको थियो ।

सो फैसलाले काठमाडौं उपत्यकाका लाखौँ मान्छे विस्थापित हुने भन्दै काठमाडौँवासीले आन्दोलन समेत गर्दै आएका थिए । उक्त फैसलाविरुद्ध सरोकारवालाहरुले आज पनि माइतीघरमा प्रदर्शन गरेका थिए ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

पहिरोले भेडेटार–रवि–राँके सडक अवरुद्ध – सार्वजनिक सेवा प्रसारण संस्था

पहिरोले भेडेटार–रवि–राँके सडक अवरुद्ध – सार्वजनिक सेवा प्रसारण संस्था

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

अपर ठूलोखोला जलविद्युत आयोजनाद्वारा उत्पादित विद्युत केन्द्रीय ‘लाइन’मा जोडियो

अपर ठूलोखोला जलविद्युत आयोजनाद्वारा उत्पादित विद्युत केन्द्रीय ‘लाइन’मा जोडियो

आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

एमालेले छान्यो समानुपातिक सांसद – सार्वजनिक सेवा प्रसारण संस्था

एमालेले छान्यो समानुपातिक सांसद – सार्वजनिक सेवा प्रसारण संस्था

माइक्रो दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो, मृतक सबै भारतीय नागरिक

माइक्रो दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो, मृतक सबै भारतीय नागरिक

नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक

नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक