रिडी मेलाको आकर्षण कृत्रिम ड्याममा ‘डुङ्गा’

रिडी मेलाको आकर्षण कृत्रिम ड्याममा ‘डुङ्गा’

तानसेन (पाल्पा)- पाल्पा, गुल्मी र स्याङ्जाको सङ्गमस्थल रुरु धाम क्षेत्रमा माघे सङ्क्रान्ति मेला भर्ने दर्शनार्थीको घुइँचो लागेको छ । पाँच दिनसम्म लाग्ने मेलाको विहीबार र शुक्रबार कालीगण्डकी नदीमा स्नान गरी यस क्षेत्रमा रहेको प्रमुख ऋषिकेशव मन्दिरमा पूजाआजा गर्ने दर्शनार्थीको घुइँचो लागेको हो ।

यहाँ आउने दर्शनार्थी स्नानसँगै मेलामा रमाउने गरेका छन् । मेलाको आकर्षणको रूपमा कृत्रिम ड्याममा सञ्चालन गरिएको डुङ्गा रहेको छ । पर्यटक आकर्षित गर्न यस वर्ष यहाँका युवाले रिडी खोलालाई थुनेर ताल निर्माण गरी डुङ्गा सञ्चालनमा ल्याएका छन् । जुन मेला भर्न आउनेको आकर्षणको केन्द्र बनेको छ । यहाँ आउने जो कोही डुङ्गा सयर गरे मात्र फर्कने गरेको रुरु सञ्चार प्रालिका अध्यक्ष चुरामणी तिमिल्सेनाले बताउनुभयो ।

बिहीबार पहिलो दिन नै ६९३ जनाले डुङ्गा सयर गरेका थिए । डुङ्गा चढ्नेबाट पहिलो प्रतिव्यक्ति रु ३०० लिइए पनि दोस्रो दिन शुल्क घटाएर रु २०० पुर्‍याइएको छ । भीड बढ्दै गएपछि एक फन्को मात्रै लगाउने भएकोले शुल्क पनि घटाएर प्रतिव्यक्ति २०० रुपैयाँ मात्रै तोकिएको तिमिल्सेनाले बताउनुभयो । अहिले पनि तालमा डुङ्गा चढ्नेको भीड छ । पेट्रोलबाट चल्ने उक्त बोटमा ११ जना पर्यटकको क्षमता रहेको छ । स्थानीय आठ जना युवा मिलेर आफ्नै लगानीमा माघी मेलालाई केन्द्रमा राखेर डुङ्गा चलाउन ताल बनाएका हुन् ।

मेलाकै अवसरमा पाल्पा, गुल्मी र स्याङ्जा क्षेत्रमा व्यापारिक स्टलसमेत राखिएका छन् । गुल्मी र पाल्पातर्फ गरी २०० भन्दाबढी स्टल छन् । रुरु क्षेत्रमा होटल, घरेलु सामग्री, सुपो, डालो, राडी, पाखी, फेन्सी सामग्री प्रर्दशनीकक्षमा छन् । मेलामा गुल्मीको थोर्गालगायतका किसानले उखुबाट बनाइएको गुँड, खुदो, चाकु र स्थानीय उत्पादनका प्रर्दशनीकक्ष राखेका छन् । सङ्क्रान्तिका अवसरमा व्यापार गर्न पाल्पा, बागलुङ, रूकुम, रोल्पा, हुम्ला, जुम्ला, मुस्ताङलगायतका स्थानबाट घरेलु सामग्री बिक्रीका लागि रिडीमा आएका छन् ।

Source link

संबधित खबर

धेरै पढ़िएको

शान्ति र संयमता अपनाउन रास्वपा सभापति लामिछानेको अपिल

शान्ति र संयमता अपनाउन रास्वपा सभापति लामिछानेको अपिल

सामाजिक र धार्मिक सद्भाव कायम राख्न सरकारको अपिल

सामाजिक र धार्मिक सद्भाव कायम राख्न सरकारको अपिल

 कर्णालीको मुख्यमन्त्रीमा मंगलबहादुर शाही नियुक्त

 कर्णालीको मुख्यमन्त्रीमा मंगलबहादुर शाही नियुक्त

सत्तापक्ष र विपक्षीबीच देखिएको असहमतिलाई सहमतिमा पुर्‍याउने प्रयास

सत्तापक्ष र विपक्षीबीच देखिएको असहमतिलाई सहमतिमा पुर्‍याउने प्रयास

सुनसरीमा फेरि अनिश्चितकालीन कर्फ्यु, महेन्द्र राजमार्ग र इनरुवा बजारमा आवतजावत निषेध

सुनसरीमा फेरि अनिश्चितकालीन कर्फ्यु, महेन्द्र राजमार्ग र इनरुवा बजारमा आवतजावत निषेध

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

देशभरका सबै ओपिडी सेवा बन्द, नारायणी अस्पतालका स्वास्थ्यकर्मीले दिए सामुहिक राजीनामा

देशभरका सबै ओपिडी सेवा बन्द, नारायणी अस्पतालका स्वास्थ्यकर्मीले दिए सामुहिक राजीनामा