मध्यपहाडी लोकमार्गः ‘आर्क ब्रिज’ निर्माण सुरु

मध्यपहाडी लोकमार्गः ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत- पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण सुरु भएको छ ।

राजमार्गको पर्वत खण्ड कालोपत्र सम्पन्न भएको तीन वर्षपछि पुल निर्माण सुरु भएको हो । पर्वतको मोदीगाउँपालिका–२ र पातिचौर–६ डिमुवा जोड्ने गरी पुल निर्माण सुरु भएको पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयले जनाएको छ ।

आयोजनाका इन्जिनियर कल्पना मिश्रका अनुसार पुल ६२ मिटर लामो र ११ मिटर चौडा हुनेछ । डबल स्पानको पुल निर्माणका लागि सात करोड ५० लाख रुपैयाँ विनियोजन भएको छ ।

उक्त मार्गअन्तर्गत हालसम्म पर्वतखण्डको तमादीखोला र बागलुङको काठेखोलामा पुल निर्माण भएका छन् । सुन्दरेखोला र मोदीखोलामा पनि निर्माण जारी छ । मोदीखोलाको पुल आगामी भदौ मसान्तभित्रमा सम्पन्न गरिसक्नुपर्ने छ ।

मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–कुश्मा सडकको तीन वर्ष पहिला नै दुई लेनको सडक स्तरोन्नति भैसकेको छ । सडक दुई लेनको बनेपनि पुरानो संरचनामा बनेका ‘सिङ्गल लेन’का पुलले सवारीको चाप धान्न कठिन भएकाले नयाँ पुल निर्माण थालिएको हो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

विविध कार्यक्रमका साथ अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै

विविध कार्यक्रमका साथ अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै

म्याग्दीमा पाँच प्रतिशतले आलु उत्पादन घट्यो

म्याग्दीमा पाँच प्रतिशतले आलु उत्पादन घट्यो

कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

समझदारीपत्रमा हस्ताक्षर – सार्वजनिक सेवा प्रसारण संस्था

समझदारीपत्रमा हस्ताक्षर – सार्वजनिक सेवा प्रसारण संस्था

कालीगण्डकीको कटानले जोखिममा पुल – सार्वजनिक सेवा प्रसारण संस्था

कालीगण्डकीको कटानले जोखिममा पुल – सार्वजनिक सेवा प्रसारण संस्था

देवानगञ्ज घटनाको छानबिनका लागि न्यायिक आयोग गठन गर्न काँग्रेसको माग

देवानगञ्ज घटनाको छानबिनका लागि न्यायिक आयोग गठन गर्न काँग्रेसको माग

सिरियाका पूर्वराष्ट्रपति बसर अल-असदलाई मृत्युदण्डको फैसला

सिरियाका पूर्वराष्ट्रपति बसर अल-असदलाई मृत्युदण्डको फैसला