वर्तमान विशिष्ट परिस्थितिमा अझ संयमित र एकताबद्ध भएर अगाडि बढ्न आवश्यक छ- प्रधानमन्त्री

वर्तमान विशिष्ट परिस्थितिमा अझ संयमित र एकताबद्ध भएर अगाडि बढ्न आवश्यक छ- प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्की आज माघी पर्वका अवसरमा थारू समुदायले आयोजना गरेको थारू राष्ट्रिय माघी महोत्सवमा सरिक हुनुभएको छ।

थारु कल्याणकारिणी सभालगायत विभिन्न संघसंस्थाले संयुक्त रुपमा काठमाडौँको टुँडिखेलमा आयोजित सभामा प्रमुख अतिथिका रुपमा सहभागी भई प्रधानमन्त्री कार्कीले विभिन्न सांस्कृतिक झाँकीको अवलोकन पनि गर्नुभयो।

‘थारु कला संस्कृति हाम्रो पहिचान, यसको संरक्षण र प्रवर्द्धन गर्ने हाम्रो अभियान’ भन्ने नाराका साथ आयोजना गरिएको महोत्सवमा मौलिक कला तथा संस्कृति झल्किने झाँकीहरु प्रस्तुत गरिएको थियो।

प्रधानमन्त्री कार्कीले औलोसँग जुध्दै तराईँलाई आवाद बनाउने कर्मशील थारू समुदायसँग आफ्नो पनि आत्मीय सम्बन्ध रहेको बताउनुभयो। उहाँले भन्नुभयो, ‘मेरो बाल्यकाल थारु समुदायका साथीहरुसँगै बितेको छ। थारु भान्सामा पाक्ने प्रत्येक परिकारको स्वाद मेरो जिब्रोमा भिजेको छ। त्यसैले माघी पर्व मेरा लागि पनि विशेष पर्व हो।’

विभिन्न समुदायहरूले फरक–फरक नाम, शैली र परम्पराअनुसार यो चाड मनाए पनि त्यसको मर्म एउटै रहेको बताउँदै उहाँले थप्नुभयो, ‘हामी विविध छौँ, तर एउटै छौँ। हामी बहुल छौँ, तर सँगै छौँ। हामी धेरै भएर नै पूर्ण छौँ।’

विश्व मानचित्रमा नेपाल एकता, सद्भाव र सहअस्तित्वको अनुपम उदाहरण बनेर उभिएको र यही नै हाम्रो मौलिक पहिचान तथा शक्ति रहेको उहाँको भनाइ थियो।

उहाँले आपसी सद्भाव, विश्वास र सहकार्यका माध्यमबाट मुलुकलाई शान्ति, स्थायित्व र समृद्धितर्फ अग्रसर गराउनका निम्ति भूमिका खेल्न पनि सबैलाई आह्वान गर्नुभयो।

उहाँले भन्नुभयो, ‘वर्तमान विशिष्ट परिस्थितिमा हामी सबै अझ संयमित र एकताबद्ध भएर अगाडि बढ्न आवश्यक छ।

त्यसकारण, यस्ता सांस्कृतिक पर्वहरूको मर्म आत्मसात् गर्दै समाजमा शान्ति, सहिष्णुता, सद्भाव र राष्ट्रिय एकता कायम गर्न सरकार, समुदाय र नागरिक सबैले आ–आफ्नो स्थानबाट सक्रिय भूमिका खेल्नुपर्छ।’

Source link

संबधित खबर

धेरै पढ़िएको

सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती

सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती

दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो ४५ लाख रुपैयाँ बजेट

दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो ४५ लाख रुपैयाँ बजेट

अबदेखि प्रहरीको तलब पनि पाक्षिक

अबदेखि प्रहरीको तलब पनि पाक्षिक

सिटी स्क्यान सेवा बिग्रिएपछि भरतपुर अस्पतालमा बिरामीलाई वैकल्पिक व्यवस्था

सिटी स्क्यान सेवा बिग्रिएपछि भरतपुर अस्पतालमा बिरामीलाई वैकल्पिक व्यवस्था

पार्टी भित्र गुट–उपगुटको सङ्घर्ष चले परिणाम फरक आउँदैन – सभापति लामिछाने

पार्टी भित्र गुट–उपगुटको सङ्घर्ष चले परिणाम फरक आउँदैन – सभापति लामिछाने

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

एमाले उपाध्यक्ष पौडेललाई ७ दिन थुनामा राख्‍न अनुमति

एमाले उपाध्यक्ष पौडेललाई ७ दिन थुनामा राख्‍न अनुमति