नुवाकोटको तारुकालगायत विभिन्न ठाउँमा गोरु जुधाउने मेला सम्पन्न

नुवाकोटको तारुकालगायत विभिन्न ठाउँमा गोरु जुधाउने मेला सम्पन्न

नुवाकोट- स्पेनको ‘वुल फाइ’को झल्को दिने माघे संक्रान्तिको दलिन गोरु जुधाउने महोत्सव नुवाकोटस्थित  तारुकाको चन्दनीसहित विभिन्न स्थानमा आयोजना गरिएका छन।

कयौँ बर्षदेखि प्रत्येक वर्षको माघे संक्रान्तिका दिन नुवाकोटको दक्षिणी भेगमा रहेको तारुकामा गोरु जुधाउने मेला  देशकै एकमात्र नमूना र पहिचानको रुपमा स्थापित र परिचित भइसकेको छ ।

सदरमुकाम विदुरदेखि ३० किलोमिटर दक्षिणपश्चिममा रहेको तारुकाको पर्यटकीय गाउँ चन्दनीमा गरिँदै आएको गोरु जुधाइ प्रतियोगितामा यसवर्ष १३ हल गोरु जुधाइयो ।

नुवाकोटको दक्षिणी भेगमा रहेको तारकेश्वर गाउंपालिका-३ चन्दनीमा यस वर्ष छनौट गरेर १३ हल गोरु जुधाइएको हो । नेपालको एकमात्र स्थान नुवाकोटमा प्रत्येक वर्षको माघे सङ्क्रान्तिमा सदियौं पुरानो पहिचान, सांस्कृतिक मेला नमूना, पर्व र पहिचानको रुपमा विशेष रुपमा गोरु जुधाइने गरिन्छ ।

मेलामा गोरु जुधाएका गोरुपालक विजेता तथा उपविजेता किसानहरुले नगद पुरस्कार थापेका छन् । तारुकामा जुधाइएका गोरुहरुलाई तीन वर्गमा वर्गिकरण गरिएको थियो ।

तारुकाको साथै नुवाकोटको विदुर नगरपालिका १० वेत्रावती, पन्चकन्या गाउँपालिका-३ मिलडाँडामा माघे संक्रान्तिमा विशेष रुपमा गोरु जुधाइएको छ ।

तारुकामा गोरु जुधाई दुई सय वर्ष अगाडिदेखि गरिँदै आएको र आफुले ४० वर्षदेखि गोरु जुधाउँदै आएकोे गोरु जुधाई मेला मुल्यांकन समितिका सदस्य गोरुपालक किसान मदनकुमार श्रेष्ठले वताए ।

तारुकाको गोरु मेलाले राष्ट्रिय तथा अन्र्तराष्ट्रिय चर्चा पाइसकेका कारण प्रदेश तथा केन्द्र सरकारले यसलाई राष्ट्रिय संस्कृतिको रुपमा विकास गरिनुपर्ने तारुकाका अगुवा वृद्ध झमवहादुर प्रधानको भनाइ छ । तारुकाको चन्दनी पुगेर हजारौँले गोरु जुधाउने मेला अवलोकन गरे ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

बाढीमा परेका १९ जनाको शव फेला,ठूलो संख्यामा नागरिकहरु वेपत्ता

बाढीमा परेका १९ जनाको शव फेला,ठूलो संख्यामा नागरिकहरु वेपत्ता

राष्ट्रपतिद्वारा उद्धार, खोज र राहतमा सबै संयन्त्र परिचालन गर्न प्रधानमन्त्रीलाई आग्रह

राष्ट्रपतिद्वारा उद्धार, खोज र राहतमा सबै संयन्त्र परिचालन गर्न प्रधानमन्त्रीलाई आग्रह

बाढीमा परेका ९५ जनाको शव फेला

बाढीमा परेका ९५ जनाको शव फेला

भोटेकोशी बाढीबारे बिहीबार रास्वपा सभापति लामिछानेकोआह्वानमा सर्वदलीय बैठक

भोटेकोशी बाढीबारे बिहीबार रास्वपा सभापति लामिछानेकोआह्वानमा सर्वदलीय बैठक

घाइतेको ज्यान जोगाउनु,बेपत्ताको खोजी र पहिलो प्राथमिकतामा : प्रधानमन्त्री

घाइतेको ज्यान जोगाउनु,बेपत्ताको खोजी र पहिलो प्राथमिकतामा : प्रधानमन्त्री

बढीमा परेका ६२ जनाको शव फेला, १४४ जनाको उद्धार

बढीमा परेका ६२ जनाको शव फेला, १४४ जनाको उद्धार

नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरद्वारा ११४ जना बाढी प्रभावितको उद्धार

नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरद्वारा ११४ जना बाढी प्रभावितको उद्धार