षडानन्दमा ‘गरिबी निवारणका लागि प्राङ्गारिक कफीखेती कार्यक्रम’

षडानन्दमा ‘गरिबी निवारणका लागि प्राङ्गारिक कफीखेती कार्यक्रम’

भोजपुर – भोजपुरको षडानन्द नगरपालिकाले गरिबी निवारण र किसानको दिगो आयआर्जन वृद्धि गर्ने उद्देश्यले प्राङ्गारिक कफीखेती विस्तारलाई प्राथमिकतामा राखेको छ । कफीखेतीमार्फत किसानलाई उद्यमशील बनाउँदै आर्थिक रूपमा आत्मनिर्भर बनाउने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको हो ।

कफीखेती विस्तारका लागि सङ्घीय सरकारको विशेष अनुदान तथा किसानको लागत साझेदारीमा चालु आर्थिक वर्षमा करिब तीन करोड ३० लाख रुपैयाँ बराबरको कार्यक्रम सञ्चालन भइरहेको षडानन्द नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम लामाले जानकारी दिनुभयो । उहाँका अनुसार माटो, हावापानी र भूगोल सुहाउँदो कफीखेतीका लागि उपयुक्त रहेका क्षेत्रको पहिचान गरी योजनाबद्ध रूपमा खेती विस्तार भइरहेको छ ।

‘गरिबी निवारणका लागि प्राङ्गारिक कफीखेती कार्यक्रम’ अन्तर्गत गत वर्षदेखि नै निरन्तर रूपमा कार्यक्रम सञ्चालन हुँदै आएको षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्रकुमार उदासले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय स्रोतसाधनको सदुपयोग गर्दै कृषिलाई व्यावसायिक बनाउने उद्देश्यले कफीखेतीलाई प्राथमिक बालीका रूपमा विकास गरिएको हो ।

कफीखेतीको माध्यमबाट किसानलाई आयआर्जनमा जोड्न प्राथमिकताका साथ कार्यक्रम अघि बढाइएको षडानन्द नगरपालिकाका उपप्रमुख प्रमिला राईले बताउनुभयो । उहाँका अनुसार नगरपालिकाका १४ वटै वडामा कफीखेती विस्तारको काम भइरहेका छन् ।

नगरपालिकाले किसान तथा कृषि समूहबाट आवेदन आह्वान गरी कफीखेती विस्तार, सिँचाइ सुविधा निर्माण, आवश्यक औजार तथा उपकरण वितरण, बिरुवा उपलब्ध गराउनेलगायत कार्यक्रम सञ्चालन गर्दै आएको छ । किसानलाई कफीखेतीप्रति आकर्षित गर्दै बाँझो जमिनको सदुपयोग गर्ने लक्ष्यले कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ ।

षडानन्द नगरपालिकाको अधिकांश भूगोल कफीखेतीका लागि उपयुक्त रहेको उल्लेख गर्दै प्रमुख उदासले वडास्तरमै कफीखेती प्रवर्द्धन तथा विस्तारका कार्यक्रम सञ्चालन भइरहेको बताउनुभयो । “हामी अहिले कफीखेतीलाई बृहत् रूपमा विस्तार गरिरहेका छौँ, किसानलाई कफीखेतीका माध्यमबाट आयआर्जनमा जोड्दै षडानन्द नगरपालिकालाई कफी उत्पादनको नमूना क्षेत्र बनाउने हाम्रो दीर्घकालीन लक्ष्य छ”, उहाँले भन्नुभयो ।

यसअघिका वर्षहरूमा किसानलाई २५ हजार कफीको बिरुवा वितरण गरिएको कृषि शाखाले जनाएको छ । गत वर्ष प्रदेश सकारको १० लाख रुपैयाँ बजेटमा किसानलाई २० हजार बिरुवा वितरण गरिएको शाखाले जनाएको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

शान्ति र संयमता अपनाउन रास्वपा सभापति लामिछानेको अपिल

शान्ति र संयमता अपनाउन रास्वपा सभापति लामिछानेको अपिल

सामाजिक र धार्मिक सद्भाव कायम राख्न सरकारको अपिल

सामाजिक र धार्मिक सद्भाव कायम राख्न सरकारको अपिल

 कर्णालीको मुख्यमन्त्रीमा मंगलबहादुर शाही नियुक्त

 कर्णालीको मुख्यमन्त्रीमा मंगलबहादुर शाही नियुक्त

सत्तापक्ष र विपक्षीबीच देखिएको असहमतिलाई सहमतिमा पुर्‍याउने प्रयास

सत्तापक्ष र विपक्षीबीच देखिएको असहमतिलाई सहमतिमा पुर्‍याउने प्रयास

सुनसरीमा फेरि अनिश्चितकालीन कर्फ्यु, महेन्द्र राजमार्ग र इनरुवा बजारमा आवतजावत निषेध

सुनसरीमा फेरि अनिश्चितकालीन कर्फ्यु, महेन्द्र राजमार्ग र इनरुवा बजारमा आवतजावत निषेध

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

देशभरका सबै ओपिडी सेवा बन्द, नारायणी अस्पतालका स्वास्थ्यकर्मीले दिए सामुहिक राजीनामा

देशभरका सबै ओपिडी सेवा बन्द, नारायणी अस्पतालका स्वास्थ्यकर्मीले दिए सामुहिक राजीनामा