बागलुङमा पहिरोमा परी ९ जनाको मृत्यु, १ बेपत्ता

बागलुङमा पहिरोमा परी ९ जनाको मृत्यु, १ बेपत्ता

बागलुङ- बागलुङको निसीखोला र तमानखोला गाउँपालिकामा गएराति परेको अविरल वर्षापछि आएको बाढीपहिरोमा परी ९ जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता भएका छन्। बाढीपहिरोले दुई पालिकामा ठूलो जनधनको क्षति पुर्याएको छ।

निसीखोला गाउँपालिका–३ मा घरमाथिबाट आएको पहिरोले घर पुरिँदा ओमलाल विककी श्रीमतीसहित तीन छोराको घटनास्थलमै मृत्यु भएको छ। त्यस्तै, निसीखोला–६ मा गोठ पुरिँदा गोठभित्र सुतिरहेका सुर्ज घर्ती मगरको मृत्यु भएको जनाइएको छ।

त्यसैगरी, इलाका प्रहरी कार्यालय बुर्तिबाङका अनुसार तमानखोला गाउँपालिका–३ मा पहिरोले घर पुरिँदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ।तमानखोला गाउँपालिका–४ मा गाउँमाथिबाट खसेको पहिरोले दर्जनौँ घरसहित बालशिक्षा केन्द्र र लघुजलविद्युत् आयोजनाको विद्युत् गृहमा समेत क्षति पुर्याएको छ। उक्त घटनामा हालसम्म दुई जनाको शव फेला परेको र एक जना बेपत्ता रहेको प्रहरीले जनाएको छ। बेपत्ताको खोजी कार्य भइरहेको छ।

इलाका प्रहरी कार्यालय बुर्तिबाङका अनुसार मृतकहरूको पहिचान गर्ने काम भइरहेको छ। प्रहरी टोली निसीखोलाको घटनास्थलमा पुगेर उद्धार तथा व्यवस्थापनको काम सकेर तमानखोलातर्फ उद्धारका लागि जाँदै गरेको जनाएको छ।

पहिरोले लघुजलविद्युत् आयोजनाको विद्युत् गृह नै बगाएपछि उक्त क्षेत्रमा विद्युत्, फोन तथा इन्टरनेट सेवा अवरुद्ध भएको छ।

बाढीपहिरोका कारण निसीखोला र तमानखोला गाउँपालिकामा गरी दुई दर्जनभन्दा बढी घर बगेका छन् भने ५० भन्दा बढी परिवार विस्थापित भएका छन्। प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

Source link

संबधित खबर

धेरै पढ़िएको

सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण

सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण

The Vvaan Early Box Office Trends: Sidharth Malhotra and Tamannaah Bhatia starrer has a robust growth on Sunday

The Vvaan Early Box Office Trends: Sidharth Malhotra and Tamannaah Bhatia starrer has a robust growth on Sunday

बागलुङमा पहिरोमा परी ९ जनाको मृत्यु, १ बेपत्ता

बागलुङमा पहिरोमा परी ९ जनाको मृत्यु, १ बेपत्ता

America’s Got Talent Season 21 Winner Name, Photo: Who Won AGT 2026 | Americas Got Talent 2026 Winner | AGT 2026 Winner Name, Photo | America’s Got Talent 2026 Grand Finale Winner | AGT 2026 Grand Finale | Americas Got Talent 2026 (America’s Got Talent Season 21) Finale Winner | Americas Got Talent 2026 Winner: Who Is Nene Royal | America’s Got Talent 2026 First Runner Up

नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक

नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक

Kurt Cobain Death: Inside His Final Days

Kurt Cobain Death: Inside His Final Days

मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशङ्का

मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशङ्का