अर्थमन्त्री वाग्ले कतार प्रस्थान – सार्वजनिक सेवा प्रसारण संस्था

काठमाडौँ– अर्थमन्त्री डा स्वर्णिम वाग्ले एसियाली पूर्वाधार लगानी विकास बैंक (एआइआइबी)को सञ्चालक समितिको ११औँ वार्षिक बैठकमा सहभागी हुन कतार प्रस्थान गर्नुभएको छ ।

बैठकमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री  वाग्ले आज साँझ कतारको राजधानी दोहा प्रस्थान गर्नुभएको भएको छ । उहाँसँग अर्थ मन्त्रालय, अन्तरराष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख, सहसचिव अमृत लम्साल पनि हुनुहुन्छ ।

एघारौँ वार्षिक बैठकका क्रममा अर्थमन्त्रीले बैंकको बोर्ड अफ गभर्नर्सको सत्रमा सहभागिता जनाउँदै नेपालको पूर्वाधार विकास, जलवायु अनुकूलन, नवीकरणीय ऊर्जा, विपद्पछिको पुनर्निर्माण र आर्थिक वृद्धिका प्राथमिकतामा बहुपक्षीय सहयोग तथा लगानी परिचालनबारे छलफल गर्नुहुने मन्त्रीको निजी सचिवालयले जनाएको छ ।

भ्रमणका क्रममा अर्थमन्त्रीको उपस्थितिमा एसियाली पूर्वाधार लगानी बैंकका अध्यक्षसँगै भारत, बङ्गलादेश, कतार र मालदिभ्सका अर्थमन्त्रीसँग छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ । वार्षिक बैठक तथा निर्धारित द्विपक्षीय संवादहरू सम्पन्न गरी अर्थमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल आगामी २०८३ असोज १४ गते कतार एयरवेजको उडानमार्फत स्वदेश फिर्ता हुनुहुनेछ ।

—

Source link

संबधित खबर

धेरै पढ़िएको

Aneet Padda Radiates Class in Rustic Hues of Gold

India’s Got Latent 2: Siddhanth Shetty On Ravi Kishan Impression, Samay Raina Reaction, Deepak Kalal- Exclusive Interview

Drishyam 3 Advance Booking Update: Ajay Devgn starrer off to fantastic start, Sells 35,000 tickets at national chains

Lanterns Episode 7 Release Timings (September 27) | Lanterns 3 Ep 7 Release Time India | Lanterns Episode 7 Release Timings: Will Hal Jordan Investigate His Own Murder Case | Green Lantern Episode 7 Countdown | Lanterns Episode 7 Timings HBO Max | Lanterns Episode 7 Dailymotion | Lanterns Ep 7 Dailymotion Timings | Lanterns Green Lantern Ep 7 Timings India

नारायणगढ–मुग्लिन सडक सञ्चालनमा, पृथ्वी राजमार्ग पनि आजै सञ्चालनमा ल्याइने

Rihanna Shares Rare Photos and Videos of Daughter Rocki for First Birthday

पूर्वप्रधानन्यायाधीश जबरालाई निवासमै सुरक्षा प्रदान गरिने