राष्ट्रपतिद्वारा इन्द्र जात्रा अवलोकन – सार्वजनिक सेवा प्रसारण संस्था

राष्ट्रपतिद्वारा इन्द्र जात्रा अवलोकन – सार्वजनिक सेवा प्रसारण संस्था

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा हनुमाढोका दरबार क्षेत्रस्थित गद्दी बैठक पुगेर जात्रा अवलोकन गर्नुभएको छ ।

राष्ट्रपति पौडेल न्यूरोडस्थित जुद्ध सालिकबाट पैदल वसन्तपुर दरबारस्थित गद्दी बैठक पुग्नुभएको हो । २०८० देखि राष्ट्रपति पौडेल इन्द्रजात्रा अवलोकनका क्रममा जुद्ध सालिकबाट पैदल गद्दी बैठक जान थाल्नुभएको हो । उहाँसँगै विशिष्ट व्यक्तित्वहरू पैदल गद्दी बैठक पुग्नुभएको हो ।

जात्रा अवलोकनमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, कार्यबाहक प्रधानमन्त्री स्वर्णीम वाग्ले, प्रधानन्यायधीश मनोजकुमार शर्मा, सभामुख डोलप्रसाद आर्याल राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, मन्त्रीगण, सांसदहरू, प्रदेशसभा सदस्यहरू, काठमाडौँ महानगरपालिकाका कार्यबाहक प्रमुख सुनिता डंगोल, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधिहरू, स्थानीय तहका जनप्रतिनिधिलगायत सहभागी हुनुहुन्थ्यो ।

जात्राका अवसरमा राष्ट्रपति पौडेलले श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथमा फूलमाला एवं दक्षिणा चढाएर यात्रा गराउने अनुमति दिनुभएको थियो । त्यसपछि श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा सुरु गरिएको थियो ।

भाद्र शुक्ल द्वादशीका दिन बिहीबार बिहान हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरी सुरु भएको इन्द्रजात्राको आज (शुक्रबार) मुख्य दिन हो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

सप्तरीका ५०० घर डुबानमा – सार्वजनिक सेवा प्रसारण संस्था

सप्तरीका ५०० घर डुबानमा – सार्वजनिक सेवा प्रसारण संस्था

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

बाढी र झरिको असर पर्यटन व्यवसायमा

बाढी र झरिको असर पर्यटन व्यवसायमा

प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भएर स्वदेश फिर्ता

प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भएर स्वदेश फिर्ता

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि

अर्थमन्त्री वाग्ले कतार प्रस्थान – सार्वजनिक सेवा प्रसारण संस्था

अर्थमन्त्री वाग्ले कतार प्रस्थान – सार्वजनिक सेवा प्रसारण संस्था

अर्घाखाँचीको भोजुङ्गेका २१ घरधुरीका ७१ जना सुरक्षित स्थानमा सारिए

अर्घाखाँचीको भोजुङ्गेका २१ घरधुरीका ७१ जना सुरक्षित स्थानमा सारिए