रसुवा नाका पुनः सञ्चालनका लागि चिनियाँ राजदूतसँग आग्रह

रसुवा नाका पुनः सञ्चालनका लागि चिनियाँ राजदूतसँग आग्रह

काठमाडौँ– पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसँग  नेपालका लागि चिनियाँ राजदूत वाङ माओमिङले शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारमा आज भएको भेटमा पूर्वाधारमन्त्री लम्सालले रसुवामा बाढीबाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण तथा विकास, रसुवागढी केरुङनाका पुनः सञ्चालनलगायत विषयमा चीन सरकारको तर्फबाट आवश्यक सहयोगका लागि अनुरोध गर्नुभएको छ ।

मन्त्री लम्सालले करिब छ लाख नेपाली नागरिकको राज्यसँगको सम्पर्क तथा सहज आवतजावत आवश्यक परेको बताउँदै कोरला तथा तातोपानीनाकाको प्रभावकारी सञ्चालनलगायत विषयमा चीन सरकारबाट आवश्यक समन्वयका लागि आह्वान गर्नुभयो ।

“भोटेकोशीमा आएको बाढीका कारण नेपालको प्रमुख व्यापारिक नाका रसुवागढी बन्द भएको छ”, उहाँले भन्नुभयो, “तत्कालका लागि पुरानै स्थानबाट अस्थायी सडक तथा यातायातको व्यवस्था मिलाएर स्थानीय नागरिकलाई राहत दिनेगरी नेपाल सरकारले दिनरात काम गरिरहेको छ ।” उहाँले स्याफ्रुबेँसीबाट रसुवागढीसम्मको सडकखण्ड तत्काल सञ्चालनमा ल्याउन चीन सरकारको सहयोग आवश्यक रहेको बताउँदै सोका लागि सहयोग गर्न आग्रह गर्नुभयो ।

मन्त्री लम्सालले काठमाडौँ-रसुवागढी केरुङनाकासम्मको दीर्घकालीन सडक पूर्वाधार विकासका लागि नयाँ विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी आवश्यक स्थानमा ट्रयाक खोल्ने कार्यमा समेत सरकार अघि बढेको जानकारी दिनुभएको छ । उहाँले सो कार्यमा चीन सरकारको सहयोग र समन्वयका लागि आग्रह गर्नुभएको छ ।

भेटका क्रममा चिनियाँ राजदूत माओमिङले चीन नेपालको असल मित्र तथा छिमेकीका रूपमा रहेको भन्दै चीन सरकारले हरसम्भव सहयोग गर्न तयार रहेको बताउनुभयो । उहाँले नेपालको प्रमुख व्यापारिक केन्द्रका रूपमा रहेको रसुवागढीनाकाको पुनर्निर्माण तथा सञ्चालनका लागि विशेष अध्ययन गरी दीर्घकालीन र प्रभावकारी पूर्वाधार निर्माण गर्नुपर्ने धारणा राख्नुभयो ।

राजदूत वाङले कोरला र तातोपानीनाका सञ्चालनका लागि चीन सरकार सकारात्मक रहेको जानकारी दिँदै रसुवागढीनाकाको पुनर्निर्माण तथा सञ्चालनका सम्बन्धमा नेपाल सरकारले विशेष प्रस्ताव पठाएमा आवश्यक समन्वय र सहयोगका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको मन्त्री लम्सालको सचिवालयले जनाएको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

बाढी र झरिको असर पर्यटन व्यवसायमा

बाढी र झरिको असर पर्यटन व्यवसायमा

प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भएर स्वदेश फिर्ता

प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भएर स्वदेश फिर्ता

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि

अर्थमन्त्री वाग्ले कतार प्रस्थान – सार्वजनिक सेवा प्रसारण संस्था

अर्थमन्त्री वाग्ले कतार प्रस्थान – सार्वजनिक सेवा प्रसारण संस्था

अर्घाखाँचीको भोजुङ्गेका २१ घरधुरीका ७१ जना सुरक्षित स्थानमा सारिए

अर्घाखाँचीको भोजुङ्गेका २१ घरधुरीका ७१ जना सुरक्षित स्थानमा सारिए

पश्चिमी क्षेत्रमा भारी वर्षा कायमै, भोलिसम्म सतर्कता अपनाउन आग्रह

पश्चिमी क्षेत्रमा भारी वर्षा कायमै, भोलिसम्म सतर्कता अपनाउन आग्रह

ऊर्जा मन्त्रालय – सार्वजनिक सेवा प्रसारण संस्था

ऊर्जा मन्त्रालय – सार्वजनिक सेवा प्रसारण संस्था