सीका लागि ट्रम्पको राजकीय रात्रिभोज

सीका लागि ट्रम्पको राजकीय रात्रिभोज

काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङको अमेरिका भ्रमणका क्रममा बिहीबार ह्वाइट हाउसमा राजकीय रात्रिभोज आयोजना गर्नुभएको छ । रात्रिभोजमा प्रविधि क्षेत्रका प्रमुख व्यक्तित्व, अर्बपति तथा व्यापारिक नेताहरू सहभागी थिए ।

रात्रिभोजमा ट्रम्पले अमेरिका र चीन फरक राजनीतिक प्रणालीका भए पनि दुई देशका जनताबीचको सम्बन्ध कायम रहेको बताउँदै आगामी पुस्ताका लागि समृद्धि र सुरक्षालाई प्रवद्र्धन गर्ने सम्बन्ध निर्माण गर्न सकिने धारणा व्यक्त गर्नुभयो । सीले पनि दुवै देशका महत्त्वाकाङ्क्षी राष्ट्रिय लक्ष्य पारस्परिक रूपमा सुदृढ हुनसक्ने बताउनुभयो ।

सीको भ्रमणका क्रममा ताइवान, व्यापार र कृत्रिम बौद्धिकता (एआई) लगायतका विषयमा दुई नेताबीच छलफल भएको थियो । ट्रम्पले सीलाई मरीन वन राष्ट्रपतीय हेलिकप्टर तथा त्यसका लागि निर्माण गरिएको नयाँ हेलिप्याडसमेत देखाउनुभएको थियो ।

रात्रिभोजका क्रममा ट्रम्पले ह्वाइट हाउसको दक्षिणी भागमा निर्माण भइरहेको नयाँ बलरुमबारे चर्चा गर्दै सहभागीहरूलाई निर्माणस्थल अवलोकन गर्न निम्तो दिनुभयो । उहाँले उक्त संरचनालाई ‘ग्रेट हल अफ द पिपल’ सँग तुलना गर्नुभएको थियो । ‘ग्रेट हल अफ द पिपल’ मा सीले गत मेमा ट्रम्पका लागि राजकीय रात्रिभोज आयोजना गर्नुभएको थियो ।

रात्रिभोजमा ओपनएआईका साम अल्टम्यान, एनभिडियाका जेन्सेन हुआङ, अमेजनका संस्थापक जेफ बेजोस, टेस्ला र स्पेसएक्सका एलन मस्क, गुगल तथा अल्फाबेटका सुन्दर पिचाईलगायत प्रविधि क्षेत्रका प्रमुख व्यक्तित्व सहभागी हुनुभएको थियो । ट्रम्पले सीलाई आफू र प्रथम महिला मेलानिया ट्रम्पको सहकार्यमा तयार पारिएको चीलको मूर्ति उपहार दिनुभएको थियो ।

रात्रिभोजमा जङ्गली च्याउ र पहेँलो स्क्वासको परिकार, तिलले छोपिएको समुद्री माछा तथा चेरी, ओखर र भेनिला क्रिमसहितको मिठाई प्रस्तुत गरिएको थियो । ट्रम्पले बुधबार सी र उहाँकी श्रीमती पेङ लियुआनलाई संयुक्त बेस एन्ड्र्युजमै पुगेर स्वागत गर्नुभएको थियो ।

यसअघि मेमा बेइजिङ भ्रमणका क्रममा सीले ट्रम्पका लागि ‘ग्रेट हल अफ द पिपल’ मा राजकीय रात्रिभोज आयोजना गर्नुभएको थियो । सन् २०१५ मा भने तत्कालीन राष्ट्रपति बाराक ओबामाले सीलाई राजकीय भ्रमणमा स्वागत गर्ने तयारी गर्दा ट्रम्पले त्यस्तो भव्य स्वागतको आलोचना गर्दै सीलाई म्याकडोनाल्डमा लगेर वार्तामा फर्कनुपर्ने टिप्पणी गर्नुभएको थियो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

बाढी र झरिको असर पर्यटन व्यवसायमा

बाढी र झरिको असर पर्यटन व्यवसायमा

प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भएर स्वदेश फिर्ता

प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भएर स्वदेश फिर्ता

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि

अर्थमन्त्री वाग्ले कतार प्रस्थान – सार्वजनिक सेवा प्रसारण संस्था

अर्थमन्त्री वाग्ले कतार प्रस्थान – सार्वजनिक सेवा प्रसारण संस्था

अर्घाखाँचीको भोजुङ्गेका २१ घरधुरीका ७१ जना सुरक्षित स्थानमा सारिए

अर्घाखाँचीको भोजुङ्गेका २१ घरधुरीका ७१ जना सुरक्षित स्थानमा सारिए

पश्चिमी क्षेत्रमा भारी वर्षा कायमै, भोलिसम्म सतर्कता अपनाउन आग्रह

पश्चिमी क्षेत्रमा भारी वर्षा कायमै, भोलिसम्म सतर्कता अपनाउन आग्रह

ऊर्जा मन्त्रालय – सार्वजनिक सेवा प्रसारण संस्था

ऊर्जा मन्त्रालय – सार्वजनिक सेवा प्रसारण संस्था