नेप्से परिसूचक ११ दशमलव ७७ अङ्कले बढ्यो

नेप्से परिसूचक ११ दशमलव ७७ अङ्कले बढ्यो

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ११ दशमलव ७७ अङ्कले बढेर दुई हजार ६२९ दशमलव ८१ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ५५ अङ्कले बढेर ४६९ दशमलव ०१ मा पुगेको छ ।

त्यसैगरी फ्लोट सूचक शून्य दशमलव ७९ अङ्कले बढेर १८१ दशमलव १८ मा पुगेको छ ।

यसैगरी सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव ५५ अङ्कले बढेर १५८ दशमलव ३६ मा पुगेको छ । आज विभिन्न कम्पनीका एक करोड ७२ लाख ७० हजार ४४९ कित्ता शेयर रु पाँच अर्ब ४४ करोड ७३ लाख १३ हजार १६८ मूल्यमा खरिद बिक्री भएका छन् । तेह्र उपसमूहमध्ये १२ उपसमूह बढ्यो भने एक उपसमूह घट्यो ।

आज १७६ कम्पनीको शेयर बढ्यो भने ९५ कम्पनीको शेयर घट्यो । त्यसैगरी सात कम्पनीको शेयर स्थिर रह्यो । नेप्सेका अनुसार नेपाल ल्युब आयल, सोनापुर मिनरल्स एण्ड आयल, कुमारी सवल योजनालगायतका लगानीकर्ताले कमाएका छन् । त्यसैगरी मिड सोलु हाइड्रोपावर, धौलागिरि लघु वित्तीय संस्था र सिटिजन सुपर ३० म्युचुअल फण्डलगायतका लगानीकर्ताले गुमाएका छन् ।
–––

Source link

संबधित खबर

धेरै पढ़िएको

खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार

खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार

राष्ट्रपतिद्वारा इन्द्र जात्रा अवलोकन – सार्वजनिक सेवा प्रसारण संस्था

राष्ट्रपतिद्वारा इन्द्र जात्रा अवलोकन – सार्वजनिक सेवा प्रसारण संस्था

सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए

सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए

रसुवा नाका पुनः सञ्चालनका लागि चिनियाँ राजदूतसँग आग्रह

रसुवा नाका पुनः सञ्चालनका लागि चिनियाँ राजदूतसँग आग्रह

नेपाल-चीन उत्तरी नाका कोरलामा हिमपात

नेपाल-चीन उत्तरी नाका कोरलामा हिमपात

सीका लागि ट्रम्पको राजकीय रात्रिभोज

सीका लागि ट्रम्पको राजकीय रात्रिभोज

जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत

जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत