सचिवालय सदस्य श्रेष्ठले सभापति लामिछानेबाट लिए सपथ

सचिवालय सदस्य श्रेष्ठले सभापति लामिछानेबाट लिए सपथ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय सदस्य र केन्द्रीय सदस्य पदकाे सपथ लिएका छन् ।

आइतबार केन्द्रीय सचिवालयकाे बैठक अगाडि सभापति रवि लामिछानेले श्रेष्ठलाई पद तथा गाेपनियताकाे सपथ गराएका हुन् । सपथ समाराेहमा महामन्त्री विपिन आचार्य पनि सहभागी थिए ।

मन्त्री श्रेष्ठ गत असारमा चितवनमा सम्पन्न रास्वपाकाे प्रथम महाधिवेशनबाट २ हजार १२३ मतसहित केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।

भदौ ५ गते बसेकाे केन्द्रीय समिति बैठकबाट सभापति लामिछानेले श्रेष्ठलाई केन्द्रीय सचिवालय सदस्य मनाेनीत गरेका थिए ।

सपथ लिँदै मन्त्री श्रेष्ठले जिम्मेवारी निष्ठापूर्वक पूरा गर्ने प्रतिबद्धता जनाएका छन् ।

`रास्वपा प्रथम ऐतिहासिक महाधिवेशनमा २/३ भन्दा पनि बढी मत प्रदान गरी केन्द्रीय समिति सदस्यमा निर्वाचित गर्नुभएकोमा पार्टीको सार्वभौम सदस्यज्यूहरू सम्पूर्णमा हार्दिक आभार,´ सपथ लिँदै मन्त्री श्रेष्ठले भनेका छन्, `सबैको साथ, सहयोग, समन्वय र सुझावलाई आत्मसात् गर्दै आफ्नो जिम्मेवारी र कर्तव्य निष्ठापूर्वक पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।´

Source link

संबधित खबर

धेरै पढ़िएको

भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन

भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन

सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ राष्ट्रिय सभाबाट पारित

सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ राष्ट्रिय सभाबाट पारित

बाढी प्रभावितको पुनःस्थापना र सामाजिक संरक्षणमा मन्त्री बादीको चासो, उत्तरगया अध्यक्षसँग छलफल

बाढी प्रभावितको पुनःस्थापना र सामाजिक संरक्षणमा मन्त्री बादीको चासो, उत्तरगया अध्यक्षसँग छलफल

पार्टीलाई नयाँ ऊर्जा र स्पष्ट मार्गसहित अघि बढाउने अध्यक्ष ओलीको भनाइ

पार्टीलाई नयाँ ऊर्जा र स्पष्ट मार्गसहित अघि बढाउने अध्यक्ष ओलीको भनाइ

स्वदेशमै स्रोत र सीपलाई सदुपयोग गर्न सके यही काम गर्न र कमाउन सकिन्छ

स्वदेशमै स्रोत र सीपलाई सदुपयोग गर्न सके यही काम गर्न र कमाउन सकिन्छ

राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन

राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन

गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह