बाढी प्रभावित बालबालिकाको संरक्षणमा एमआइटी फाउन्डेसनले सघाउने

बाढी प्रभावित बालबालिकाको संरक्षणमा एमआइटी फाउन्डेसनले सघाउने

काठमाडौँ- भोटेकोशीमा आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, स्वास्थ्य र भरणपोषणमा एमआइटी फाउन्डेसनले ५७ करोड ८५ लाख रुपैयाँ प्रदान गर्ने भएको छ ।

सहयोगसम्बन्धी समझदारीपत्रमा शुक्रबार यहाँ आयोजित सङ्क्षिप्त कार्यक्रममा राष्ट्रिय बाल अधिकार परिषद्का सदस्यसचिव दुर्गाप्रसाद चालिसे र फाउन्डेसनका अध्यक्ष शेष घलेले हस्ताक्षर गर्नुभयो ।

समझदारीअनुसार बाढीबाट प्रभावित १८ वर्षमुनिकालाई सुरक्षित पारिवारिक वातावरणमा हुर्काउने, शिक्षा, स्वास्थ्य, पोषण र मनोसामाजिक सहयोग प्रदान गरिने छ । साथै, नातेदारमार्फत हुने हेरचाहलाई प्राथमिकता दिइनेछ भने संस्थागत हेरचाहलाई अन्तिम विकल्पका रूपमा लिइनेछ ।

समझदारी हस्ताक्षर भएको मितिदेखि बढीमा १८ वर्षसम्म सहयोगलाई निरन्तरता दिइने छ । परिषद्ले लाभग्राहीको पहिचान, समन्वय तथा बाल संरक्षणमा सहजीकरण गर्नेछ भने फाउन्डेसनले वित्तीय तथा प्राविधिक सहयोग उपलब्ध गराउनेछ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

दुई तिहाइ एउटा अङ्क मात्र हो, संविधान संशोधन राष्ट्रिय सहमति बिना सम्भव छैन-संयोजक शाह

दुई तिहाइ एउटा अङ्क मात्र हो, संविधान संशोधन राष्ट्रिय सहमति बिना सम्भव छैन-संयोजक शाह

भदौमा पाँच अर्बको विद्युत् निर्यात

भदौमा पाँच अर्बको विद्युत् निर्यात

भोटेकोशी बाढीको उद्गम स्थलदेखि तटीय क्षेत्रको स्थलगत अध्ययन गरिने

भोटेकोशी बाढीको उद्गम स्थलदेखि तटीय क्षेत्रको स्थलगत अध्ययन गरिने

कांग्रेसको वडा अधिवेशनमा सहभागी हुन आग्रह

कांग्रेसको वडा अधिवेशनमा सहभागी हुन आग्रह

प्रधानमन्त्री – सार्वजनिक सेवा प्रसारण संस्था

प्रधानमन्त्री – सार्वजनिक सेवा प्रसारण संस्था

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

आज संविधान दिवस मनाई‌दै – सार्वजनिक सेवा प्रसारण संस्था

आज संविधान दिवस मनाई‌दै – सार्वजनिक सेवा प्रसारण संस्था