छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

काठमाडौँ – नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन भएका जनाएको छ ।

महासङ्घले यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको संयोजकत्वमा बिहीबार भएको बैठकमा उक्त जानकारी दिँदै ५१५ वटा ट्रक तथा कन्टेनर हराएका बताएको हो ।

पूर्वाधार विकास मन्त्रालयले यातायात व्यवस्था विभागका महानिर्देशक पोखरेलको संयोजकत्वमा बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको मूल्याङ्कन, क्षतिपूर्तिको आधारका विषयमा रायसहितको प्रतिवेदन तयार गर्न समिति गठन गरेको छ । समितिलाई १५ दिनभित्र रायसुझावसहितको प्रतिवेदन पेस गर्न जिम्मेवारी दिइएको छ ।

महासङ्घले बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको प्रारम्भिक विवरण प्रस्तुत गर्दै सम्पर्कविहीन मजदुर र हराएका ट्रक तथा कन्टेनरको सङ्ख्या अझै बढ्नसक्ने जनाएको छ ।

समितिमा पूर्वाधार विकास मन्त्रालयका प्रतिनिधि, पूर्वाधार विकास मन्त्रीको सचिवालयका प्रतिनिधि यातायात व्यवसायीका प्रतिनिधि, यातायात मजदुर सङ्घ सङ्गठनका प्रतिनिधिसहित नेपाल ट्रक यातायात व्यवसायी महासङ्घका अध्यक्ष राजेन्द्रविक्रम बानियाँ र महासङ्घका महासचिव बद्रीप्रसाद चौलागाईंलगायत सदस्य हुनुहुन्छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

विद्यालय शिक्षा विधेयकको मस्यौदा तयार गर्न सात सदस्यीय कार्यदल गठन

विद्यालय शिक्षा विधेयकको मस्यौदा तयार गर्न सात सदस्यीय कार्यदल गठन

बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम

बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम

आफ्नै पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न आफैँ उदाहरण बन्न प्रधानमन्त्रीको आग्र

आफ्नै पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न आफैँ उदाहरण बन्न प्रधानमन्त्रीको आग्र

डिएनए परीक्षणका लागि ललितपुरमा नमूना सङ्कलन

डिएनए परीक्षणका लागि ललितपुरमा नमूना सङ्कलन

माथिल्लो त्रिशूली–१ को अडिट–३ टनेलबाट ६ शव निकालियो

माथिल्लो त्रिशूली–१ को अडिट–३ टनेलबाट ६ शव निकालियो

समस्याग्रस्तका पाँच सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता

समस्याग्रस्तका पाँच सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता

भोटेकोशी बाढी प्रभावित ‘होल्डिङ सेन्टर’ छाडेर क्रमशः कोठातिर

भोटेकोशी बाढी प्रभावित ‘होल्डिङ सेन्टर’ छाडेर क्रमशः कोठातिर