बाढीका कारण विभिन्न बैंकका १७ वटा शाखा प्रभावित

बाढीका कारण विभिन्न बैंकका १७ वटा शाखा प्रभावित




काठमाडौँ– रसुवाको भोटेकोशीमा यही भदौ १० गते आएको बाढीका कारण १२ वटा बैंकका १७ वटा शाखा प्रभावित भएका छन् । राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति र आवश्यकता मूल्याङ्कन (आरडिएनए) प्रतिवेदनअनुसार रु ७२ दशमलव चार करोड बराबरको क्षति भएको छ ।

जसमध्ये सबैभन्दा बढी कृषि विकास बैंकमा भएको छ । बैंकको एउटा शाखा रु ६५ करोड क्षति भएको छ । प्राधिकरणका अनुसार सिटिजन बैंकको एउटा शाखा प्रभावित हुँदा रु एक करोड ५६ लाखको क्षति भएको छ ।

ग्लोबल आइएमई बैंकको एउटा शाखा प्रभावित हुँदा रु ११ लाखको क्षति भएको छ । हिमालय बैंकको एउटा शाखा प्रभावित हुँदा रु ७५ लाखको क्षति भएको छ । लक्ष्मी सनराइज बैंकको एउटा शाखा प्रभावित हुँदा रु एक करोड १२ लाखको क्षति भएको छ ।

माछापुच्छ्रे बैंकको एउटा शाखा प्रभावित हुँदा रु ७५ लाख तथा नबिल बैंकको एउटा शाखा प्रभावित हुँदा रु ६३ लाखको क्षति भएको छ । एनआइसी एसिया बैंकका तीन वटा शाखा प्रभावित हुँदा रु ८८ लाख र नेपाल इन्भेष्टमेन्ट बैंकका तीन वटा शाखा प्रभावित हुँदा रु ४० लाखको क्षति भएको छ ।

त्यसैगरी एनएमबी बैंकको एउटा शाखा प्रभावित हुँदा रु चार लाखको क्षति भएको छ । प्रभु बैंकका दुई वटा शाखा प्रभावित हुँदा रु ५३ लाखको क्षति भएको छ भने सानिमा बैंकको एउटा शाखा प्रभावित हुँदा रु ६३ लाखको क्षति भएको छ ।

प्रतिवेदनअनुसार बाढी प्रभावित क्षेत्रमा बैंक तथा वित्तीय सेवामा क्षति पुगेको छ । नुवाकोटको विदुर नगरपालिकामा बैंकका चार वटा शाखामा रु ६७ करोड १३ लाखको क्षति भएको छ । रसुवाको गोसाइकुण्ड गाउँपालिकामा ११ वटा शाखामा रु चार करोड २३ लाख, रसुवाकै कालिका गाउँपालिकामा एउटा शाखामा रु २८ लाख, सोही जिल्लाको उत्तरगयामा एउटा बैंकको एउटा शाखा प्रभावित हुँदा रु ७५ लाखको क्षति भएको छ ।

उक्त रकमबाहेक पनि छुट्टै रु १९ करोड ५९ लाख क्षति भएको देखिएको छ । प्रतिवेदनअनुसार नुवाकोटको विदुरमा रु छ करोड ४० लाख, रसुवाको गोसाइँकुण्डमा रु नौ करोड ५३ लााख, कालिका गाउँपालिकामा रु ७९ लाख र उत्तरगया गाउँपालिकामा रु तीन करोड २३ लाखको क्षति भएको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

युएईलाई हराउँदै नेपाल एसिया कपमा छनोट

युएईलाई हराउँदै नेपाल एसिया कपमा छनोट

बाढीका कारण विभिन्न बैंकका १७ वटा शाखा प्रभावित

बाढीका कारण विभिन्न बैंकका १७ वटा शाखा प्रभावित

नेपाल–चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण:परराष्ट्रमन्त्री

नेपाल–चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण:परराष्ट्रमन्त्री

नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै

नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै

आज विश्व प्राथमिक उपचार दिवस

आज विश्व प्राथमिक उपचार दिवस

बाँदर–बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार

बाँदर–बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार

पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर

पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर