पहाडमा पनि ‘गोमन सर्प’ देखिएपछि …

पहाडमा पनि ‘गोमन सर्प’ देखिएपछि …

भोजपुर- भोजपुरका ग्रामीण क्षेत्रमा विषालु गोमन सर्प देखिन थालेपछि स्थानीयवासीमा त्रास बढेको छ । पछिल्लो समय पौवादुङमा गाउँपालिका–३ मार्से र अरुण गाउँपालिका–५ याकुको होङरायोमा गोमन सर्प देखिएको स्थानीयले बताएका छन् ।

पौवादुङमा गाउँपालिका–३ का स्थानीय सन्तोष कोइरालाका अनुसार मार्से गाउँमा गोमन सर्प देखिएपछि स्थानीयवासी त्रसित बनेका छन् । खेतीपाती गर्ने तथा घाँसदाउरा गर्न वन तथा खेतबारीमा जाने स्थानीयलाई सर्पको डर बढेको उहाँले बताउनुभयो ।

“विगतका वर्षमा यस्तो सर्प देखेका थिएनौ”, उहाँले भन्नुभयो, “अहिले हाम्रो गाउँघरमा पनि गोमन सर्प देखिन थालेको छ । यसले गाउँघरमा त्रास बढेको छ ।” सर्पसम्बन्धी विशेषज्ञले यहाँ फेलापरेको सर्प गोमन नै भएको बताएको उहाँले जानकारी दिनुभयो ।

खेतीपातीको समयमा खेतबारी तथा झाडी क्षेत्रमा सर्प देखिन थालेपछि स्थानीयवासीलाई थप सावधानी अपनाउनुपर्ने अवस्था आएको उहाँको भनाइ छ । गोमनजस्तो विषालु सर्पको टोकाइबाट गम्भीर स्वास्थ्य जोखिम हुनसक्ने भएकाले ग्रामीण क्षेत्रमा सर्पदंशसम्बन्धी जनचेतना र उपचारको व्यवस्था प्रभावकारी बनाउनुपर्ने स्थानीयको माग छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

पहाडमा पनि ‘गोमन सर्प’ देखिएपछि …

पहाडमा पनि ‘गोमन सर्प’ देखिएपछि …

बिपी राजमार्गका सवारी चाप, मालवाहक गाडी रातिमात्र सञ्चालन गरिने

बिपी राजमार्गका सवारी चाप, मालवाहक गाडी रातिमात्र सञ्चालन गरिने

पाँच हजार ३८४ जनाको उपचार

पाँच हजार ३८४ जनाको उपचार

माथिल्लो त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार निरन्तर

माथिल्लो त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार निरन्तर

डुम्रे–बेँसीसहर सडक दुई लेनमा विस्तार हुँदै

डुम्रे–बेँसीसहर सडक दुई लेनमा विस्तार हुँदै

राजमार्ग अवरुद्ध हुँदा धादिङका तरकारी किसान मारमा

राजमार्ग अवरुद्ध हुँदा धादिङका तरकारी किसान मारमा

टनेलमा फसेकाको खोज तथा उद्धार कार्य तीव्र

टनेलमा फसेकाको खोज तथा उद्धार कार्य तीव्र