आज बिहानसम्म एक हजार एक सय सत्ताइस जनाको शव भेटियो

आज बिहानसम्म एक हजार एक सय सत्ताइस जनाको शव भेटियो

काठमाडौं- रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मृत्यु भएकाहरु मध्ये आज बिहानसम्म १ हजार १ सय २७ जनाको शव फेला परेको छ ।

जसमध्ये रसुवामा ४५ जना, नुवाकोटमा १ सय ५५ जना, धादिङमा ५९ जना, चितवनमा ३ सय ४८ जना, गोरखामा ६६ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २ सय १७ जना, नवलपरासी पश्‍चिम १ सय ९० जना र भारतमा ९ जना गरी १ हजार १ सय २७ जनाको शव फेला परेको हो । नेपाल प्रहरीका अनुसार फेला परेको शवहरू मध्ये १ हजार १ सय १३ को लाशजाँच मुचुल्का सम्पन्न भएको छ भने ९५ वटा शव आफन्तलाई हस्तान्तरण गरिएको छ ।
​साथै पहिचान नभएको ९ सय ११ वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ ।

​बाढी प्रभावित क्षेत्रमा उद्दार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ९ सय १२ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ । बाढी प्रभावित क्षेत्रहरूबाट ६ हजार ५ सय ४१ जनाको उद्दार गरिएको छ भने हालसम्म बेपत्ता भएका ४ हजार ८ सय ५८ जनाको खोजी कार्य भइरहेको छ ।

​प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्धार एवम् खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

आज बिहानसम्म एक हजार एक सय सत्ताइस जनाको शव भेटियो

आज बिहानसम्म एक हजार एक सय सत्ताइस जनाको शव भेटियो

यस्तो छ आज विभिन्न सडकको अवस्था

यस्तो छ आज विभिन्न सडकको अवस्था

काभ्रेबाट एक करोड १० लाख सहयोग

काभ्रेबाट एक करोड १० लाख सहयोग

बगैँचामा स्याउ लटरम्म, किसानलाई बजारको चिन्ता

बगैँचामा स्याउ लटरम्म, किसानलाई बजारको चिन्ता

राष्ट्रियसभाद्वारा भोटेकोशीको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त,विशेष प्रस्ताव पारित

राष्ट्रियसभाद्वारा भोटेकोशीको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त,विशेष प्रस्ताव पारित

त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

प्रभावित क्षेत्रका नागरिकका लागि तरकारी तथा खाद्य सामग्री पठाइयो

प्रभावित क्षेत्रका नागरिकका लागि तरकारी तथा खाद्य सामग्री पठाइयो