तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै

तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै

दमौली–  देवघाटस्थित त्रिशूली नदीमा फेला परेका शवको व्यवस्थापन व्यास नगरपालिका–५ स्थित चैनपुर जङ्गल क्षेत्रमा गरिने भएको छ ।

भोटेकोशी बाढीका कारण ज्यान गुमाएका तथा हालसम्म पहिचान हुन नसकेका शवहरूको भविष्यमा समेत पहिचान गर्न सकिने गरी जङ्गलमा व्यवस्थापन गर्न लागिएको हो ।

तनहुँका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले शव व्यवस्थापनअघि कानुनी तथा वैज्ञानिक प्रक्रिया पुरा गरिसकिएको जानकारी दिनुभयो ।

उहाँले शव पहिचानका लागि डिएनए नमुना सङ्कलनदेखि आवश्यक प्रक्रिया पूरा गरेपछि मात्र शव व्यवस्थापन गरिने बताउनुभयो ।

तनहुँ क्षेत्रमा ३७ शव भेटिएकामा २४ शव पोखरा पठाइएको छ भने १४ शव प्रदेश अस्पताल दमौलीमा राखिएको छ ।

आवश्यक विवरण र नमुना सुरक्षित राखिने प्रशासनले जनाएको छ । शव व्यवस्थापन कार्य संवेदनशील भएकाले स्वास्थ्य, सुरक्षा तथा स्थानीय प्रशासनको समन्वयमा आवश्यक मापदण्ड पूरा गरी काम अघि बढाइएको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै

तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै

जलविद्युत् आयोजनाको सुरुङमा फसेका व्यक्तिको खोज तथा उद्धार तीव्र

जलविद्युत् आयोजनाको सुरुङमा फसेका व्यक्तिको खोज तथा उद्धार तीव्र

भोटेकोशी बाढीमा परेर मृत्यु भएका ९ सय ३ जनाको शव प्राप्त,४ हजार २ सय ४७ जना सम्पर्क बिहिन

भोटेकोशी बाढीमा परेर मृत्यु भएका ९ सय ३ जनाको शव प्राप्त,४ हजार २ सय ४७ जना सम्पर्क बिहिन

बढी पहिरोबाट विभिन्न स्थानका सडक अवरुद्ध

बढी पहिरोबाट विभिन्न स्थानका सडक अवरुद्ध

प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा थप तीव्रता

प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा थप तीव्रता

बढी पहिरोबाट विभिन्न स्थानका सडक अवरुद्ध

पृथ्वी राजमार्ग पूर्ण रुपमा अवरुद्ध,भसिएको सडकको प्राविधिक अध्ययन गरिँदै

बाढीमा बेपत्ता आफन्तको खोजीमा भौँतारिदै

बाढीमा बेपत्ता आफन्तको खोजीमा भौँतारिदै