जलविद्युत् आयोजनाको सुरङभित्र फसेकाहरुको उद्धार तिव्रता

जलविद्युत् आयोजनाको सुरङभित्र फसेकाहरुको उद्धार तिव्रता

काठमाडौँ- नुवाकोटस्थित माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरङभित्र फसेका मानिसहरूको उद्धारका लागि नेपाली सेनाका इन्जिनियरहरूद्वारा ब्लास्टिङ गर्नेसम्मका प्रयास अघि बढाइएको छ।

​प्राप्त पछिल्लो जानकारी अनुसार उद्धारस्थलमा नेपाली सेनाका ६६ जना, तालिमप्राप्त कुकुरसहितको विशेष खोज तथा उद्धार टोलीका साथ सशस्त्र प्रहरी बलका १८ जना र नेपाल प्रहरीका ६ जना गरी कूल ९० जनाको संयुक्त टोली खटिएको छ।

​यसअघि टोलीले दिउँसो २:०० बजे सुरङको मुख्य भाग (‘क्राउन हेड’) मा पुगेर २×३ फिटको प्वाल बनाएको थियो।

डोरीको सहायताले (र्‍यापेल गरेर) टोली तल झरेर बोलाउँदा भित्रबाट कुनै प्रतिक्रिया नआएपछि उद्धारलाई थप सहज र तीव्र बनाउन ठूला उपकरण, ब्लास्टिङ तथा प्वाल फराकिलो पार्ने काम एकसाथ जारी राखिएको छ। ​उद्धार टोली कठिन र जोखिमपूर्ण परिस्थितिका बाबजुद अहोरात्र खटिरहेको छ।

Source link

संबधित खबर

धेरै पढ़िएको

प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा थप तीव्रता

प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा थप तीव्रता

पृथ्वी राजमार्ग पूर्ण रुपमा अवरुद्ध,भसिएको सडकको प्राविधिक अध्ययन गरिँदै

पृथ्वी राजमार्ग पूर्ण रुपमा अवरुद्ध,भसिएको सडकको प्राविधिक अध्ययन गरिँदै

बाढीमा बेपत्ता आफन्तको खोजीमा भौँतारिदै

बाढीमा बेपत्ता आफन्तको खोजीमा भौँतारिदै

जलविद्युत् आयोजनाको सुरङभित्र फसेकाहरुको उद्धार तिव्रता

जलविद्युत् आयोजनाको सुरङभित्र फसेकाहरुको उद्धार तिव्रता

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन

आवश्यकताअनुसार अन्तर्राष्ट्रिय समुदायबाट सहयोग लिइरहेका छौँः परराष्ट्र सचिव राई

आवश्यकताअनुसार अन्तर्राष्ट्रिय समुदायबाट सहयोग लिइरहेका छौँः परराष्ट्र सचिव राई

ऊर्जामन्त्री श्रेष्ठद्वारा मौसम विज्ञान विभाग र जल विज्ञान केन्द्रका अघिकारीसँग छलफल

ऊर्जामन्त्री श्रेष्ठद्वारा मौसम विज्ञान विभाग र जल विज्ञान केन्द्रका अघिकारीसँग छलफल