बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन

काठमाडौँ-रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार प्राधिकरणले २० थान स्याटेलाइट फोन उपलब्ध गराएको छ।

प्राधिकरणले अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) बाट विपद् सहयोग स्वरूप प्राप्त गरेका यी फोनहरू राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई हस्तान्तरण गरेको हो।

उपलब्ध गराइएका कुल फोनहरूमध्ये १० थान रसुवा र १० थान नुवाकोट जिल्लामा प्रयोग हुने गरी पठाइएको छ। स्याटेलाइट फोनहरू आगामी तीन महिनासम्म नि:शुल्क प्रयोग गर्न सकिनेछ।

टेलिकम नेटवर्क नटिप्ने दुर्गम स्थानहरूमा समेत स्याटेलाइटको माध्यमबाट फोन तथा एसएमएस सेवा लिन सकिने यो प्रविधि निकै महँगो मानिन्छ। यसको प्रयोगले विपद्का समयमा सञ्चार सम्पर्क विच्छेद हुन नदिई उद्धार कार्यलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ।

Source link

संबधित खबर

धेरै पढ़िएको

प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा थप तीव्रता

प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा थप तीव्रता

पृथ्वी राजमार्ग पूर्ण रुपमा अवरुद्ध,भसिएको सडकको प्राविधिक अध्ययन गरिँदै

पृथ्वी राजमार्ग पूर्ण रुपमा अवरुद्ध,भसिएको सडकको प्राविधिक अध्ययन गरिँदै

बाढीमा बेपत्ता आफन्तको खोजीमा भौँतारिदै

बाढीमा बेपत्ता आफन्तको खोजीमा भौँतारिदै

जलविद्युत् आयोजनाको सुरङभित्र फसेकाहरुको उद्धार तिव्रता

जलविद्युत् आयोजनाको सुरङभित्र फसेकाहरुको उद्धार तिव्रता

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन

आवश्यकताअनुसार अन्तर्राष्ट्रिय समुदायबाट सहयोग लिइरहेका छौँः परराष्ट्र सचिव राई

आवश्यकताअनुसार अन्तर्राष्ट्रिय समुदायबाट सहयोग लिइरहेका छौँः परराष्ट्र सचिव राई

ऊर्जामन्त्री श्रेष्ठद्वारा मौसम विज्ञान विभाग र जल विज्ञान केन्द्रका अघिकारीसँग छलफल

ऊर्जामन्त्री श्रेष्ठद्वारा मौसम विज्ञान विभाग र जल विज्ञान केन्द्रका अघिकारीसँग छलफल