क्षतिको विवरण सङ्कलनसँगै बेपत्ताको खोजी र उद्धारलाई प्राथमिकतामा

क्षतिको विवरण सङ्कलनसँगै बेपत्ताको खोजी र उद्धारलाई प्राथमिकतामा

काठमाडौँ– भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ६६९ पुगेको छ ।

नेपाल प्रहरीले बाढी प्रभावित क्षेत्रबाट आज साँझ ४ बजेसम्म ६६९ जनाको शव फेला परेको जनाएको हो । प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार रसुवामा १३, धादिङमा ४९, नुवाकोटमा ४१, गोरखामा ५४, तनहुँमा ३१, चितवनमा २४८, नवलपरासी पूर्वमा १५८ र नवलपरासी पश्चिममा ७५ जनाको शव फेला परेको छ ।

नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक (डिआइजी) अविनारायण काफ्लेका अनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म दुई हजार ३०१ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये रसुवाका ६७६, नुवाकोटका एक हजार ६२२ र धादिङका तीन जना रहेका छन् ।

विभिन्न स्थानबाट उद्धार गरिएका गम्भीर घाइतलाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ । प्रहरीका अनुसार काठमाडौँका विभिन्न अस्पतालमा उपचाररत तथा उपचारपछि डिस्चार्ज भएका गरी हालसम्म १४० जना रहेका छन् ।

रसुवा बाढीपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालका केही कर्मचारीसमेत सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार नेपाली सेनाका ४४, नेपाल प्रहरीका २७ र सशस्त्र प्रहरी बल, नेपालका १३ जना कर्मचारी अझै सम्पर्कविहीन छन् ।

बाढी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी तथा उद्धार कार्यलाई तीव्र पारिएको प्रहरीले जनाएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाललगायत सम्बन्धित निकायका सुरक्षाकर्मी तथा उद्धार टोलीले सम्भावित जोखिमयुक्त क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी राखेका छन् ।

बाढीका कारण प्रभावित क्षेत्रमा मानवीय तथा भौतिक क्षतिको विवरण सङ्कलनसँगै बेपत्ताको खोजी र उद्धारलाई प्राथमिकतामा राखिएको प्रहरीले जनाएको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार

चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार

क्षतिको विवरण सङ्कलनसँगै बेपत्ताको खोजी र उद्धारलाई प्राथमिकतामा

क्षतिको विवरण सङ्कलनसँगै बेपत्ताको खोजी र उद्धारलाई प्राथमिकतामा

प्रधानमन्त्री – सार्वजनिक सेवा प्रसारण संस्था

प्रधानमन्त्री – सार्वजनिक सेवा प्रसारण संस्था

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच टेलिफोन वार्ता

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच टेलिफोन वार्ता

आयोजनाको सुरुङबाट विदेशीसहित २०८को उद्धार

आयोजनाको सुरुङबाट विदेशीसहित २०८को उद्धार

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत सामग्री तत्काल पुर्‍याउन मन्त्री चौधरीले सांसदहरु छलफल

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत सामग्री तत्काल पुर्‍याउन मन्त्री चौधरीले सांसदहरु छलफल

सम्पर्कविहीन आफन्त, नरोकिएका आँसु र दर्दनाक पर्खाइमा परिवार

सम्पर्कविहीन आफन्त, नरोकिएका आँसु र दर्दनाक पर्खाइमा परिवार