प्रधानमन्त्रीसहित सबै मन्त्रीको एक महिनाको तलब उद्धार कोषमा

प्रधानमन्त्रीसहित सबै मन्त्रीको एक महिनाको तलब उद्धार कोषमा

काठमाडौँ — सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यको एक महिनाको तलब तथा पारिश्रमिक जम्मा गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो।

बैठकले गत बुधबार नेपाल–चीन सीमा क्षेत्र रसुवागढी तथा भोटेकोशी नदी र तल्लो तटीय क्षेत्रमा आएको बाढीबाट प्रभावित जिल्लामा क्षति पुगेका व्यक्ति तथा व्यावसायिक संस्थाका लागि सहुलियत तथा पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिने निर्णयसमेत गरेको छ।

त्यस्तै, मन्त्रिपरिषद् बैठकले भारतसँग सरकार–सरकार (G2G) खरिद प्रक्रियामार्फत २५ हजार मेट्रिक टन डिएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय समेत  गरेको छ।

Source link

संबधित खबर

धेरै पढ़िएको

आन्तरिक क्षमतामै विश्वास गर्दै उद्धारमा अन्तरराष्ट्रिय टोली नबोलाइएको सरकारको स्पष्टोक्ति

आन्तरिक क्षमतामै विश्वास गर्दै उद्धारमा अन्तरराष्ट्रिय टोली नबोलाइएको सरकारको स्पष्टोक्ति

रसुवासँग टुटेको सडक सम्पर्क जोडियो

रसुवासँग टुटेको सडक सम्पर्क जोडियो

प्रधानमन्त्रीसहित सबै मन्त्रीको एक महिनाको तलब उद्धार कोषमा

प्रधानमन्त्रीसहित सबै मन्त्रीको एक महिनाको तलब उद्धार कोषमा

शव संकलन तथा खोजी कार्यका लागि विशेष टोली परिचालन

शव संकलन तथा खोजी कार्यका लागि विशेष टोली परिचालन

आज जनैपूर्णिमा पर्व मनाइँदै – सार्वजनिक सेवा प्रसारण संस्था

आज जनैपूर्णिमा पर्व मनाइँदै – सार्वजनिक सेवा प्रसारण संस्था

नेपाल-चीन सीमामा पहिरोपछि बनेको ताल फुट्ने जोखिमबढेपछि तिब्बतमा उद्धार कार्य स्थगित

नेपाल-चीन सीमामा पहिरोपछि बनेको ताल फुट्ने जोखिमबढेपछि तिब्बतमा उद्धार कार्य स्थगित

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर